2026-08-26 08:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलकाता हार्दा हैदरावाद प्लेअफमा, अबको खेल चेन्नई vsमुम्बई, दिल्ली vs हैदरावाद

वैशाख २३, काठमाडौँ | प्लेअफमा पुग्‍न जित्‍नैपर्ने दबाबमा रहेको कोलकत्ता नाइट राइर्डसले इन्डियन प्रिमिएर लिग क्रिकेटमा मुम्बई इन्डियन्सद्वारा ९ विकेटले पराजित भएपछि सनराइजर्स हैदरावाद प्लेअफ चरणमा प्रदेश गरेको छ । १२ अंक सहित हैदरावाद प्लेअफको चौथो स्थानमा छ भने दिल्ली, चेन्नई र मुम्बई क्रमश १८ अंक पाएर तेश्रो, दोश्रो र पहिलो स्थानमा छन् । 

आजको खेलमा टस हारे पहिला ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३४ रनको सामान्य लक्ष्य दिएको थियो । कोलकत्ताका लागि क्रिस लेयनले सर्वाधिक ४१ रन बनाए । रोबिन उथप्पाले ४० तथा नितेश रानाले २६ रन बनाए । ओपनर शुबमन गिलले ९ रन बनाउँदा कप्तान दिनेश कात्तिक ३ रनमा आउट भएका थिए  । आन्द्रे रसेलले खाता नै खोल्न सकेनन् ।

रिङकु सिंहले ४ रन बनाए । मुम्बईका लासिथा मालिंगाले ३ विकेट लिए । हार्दिक पाण्डेय र बुम्रहाको नाममा २ –२ विकेट रह्यो ।  

खेलमा कोलकाताले दिएको सामान्य १३४ रनको लक्ष्य १६.१ ओभरमै १ विकेट मात्र गुमाएर मुम्बई इन्डीएन्सले पुरा गरेपछि आजको खेलमा मुम्बई इन्डीएन्स नेट रनरेटको आधारमा आइपीएल सिजन १२ को प्ले अफमा शिर्ष स्थानमा पुग्न सफल भएको छ । 

मुम्बईको लागि आजको खेलमा जम्मा ३ ब्याट्सम्यानले लक्ष्य पुरा गरे । खेलमा ओपनर ब्याट्सम्यान क्विनटन डीकोकले २३ बलमा ३० रन प्राप्त गरेर प्बेलियन फर्किए । त्यसपछि खेलमा शुर्यकुमार यादव आए । यादव र रोहित शर्मा मिलेर नट आउट बिजयी लक्ष्य समेट्ने पारी खेले । खेलमा रोहित शर्माले ४८ बलमा ५५ रन र शुर्यकुमार यादबले २७ बलमा ४६ रन बनाए । खेलमा मुम्बईको १ मात्र विकेट प्रसिद्ध कृष्णले लिएका थिए ।

खेलमा म्यान अफ द म्याच हार्दिक पाण्डे बने । उनले कोलकाता बिरुद्ध उत्कृष्ट बलिङ गरेका थिए ।  उनले ३ ओभरको खेलमा २० रन मात्र दिएर २ विकेट लिएका थिए । 

अब आइपीएलको आगामी खेल मे ७ का दिन चेन्नई र मुम्बई खेल्ने छन् भने मे ८ का दिन दिल्ली र हैदरावाद खेल्नेछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग