2026-07-24 11:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले दुश्मनलाई भिसा नदिने !

बैशाख २३, एजेन्सी | कतारले आफ्ना ‘दुश्मन’ लाई भिसा नदिने जनाएको छ । कतार आउन चाहने इजिप्सियनलाई लक्षित गर्दै कतारी पर्यटन परिषद्का महासचिव अकबर अल–बकिरले जनाएअनुसार कतारले आफ्ना मित्रहरुलाई मात्र दिने जनाएका हुन् ।

सन् २०१७ यता कतार र इजिप्टसहितका अन्य अरब मुलुकहरु साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइनबीच सम्बन्ध बिग्रिदै गएको अवस्थामा कतारी पर्यटन परिषद्को यस्तो भनाई सार्वजनिक भएको हो ।

ती मुलुकहरुले कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै सन् २०१७ मा द्विपक्षीय सम्बन्ध सम्बन्ध विच्छेद गरेको घोषणा गरेका थिए । त्यसयता इजिप्टबाहेकका अरु खाडी मुलुकले कतारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन निर्देशन दिएपनि इजिप्टले त्यसो गरेको थिएन । कतारमा अझै पनि ठूलो सङ्ख्यामा इजिप्टका कामदारले काम गरिरहेको बताइन्छ ।

यसअघि कतारले अरब विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या रहेको मुलुक इजिप्टका नागरिकलाई आफ्नो मुलुक आउन नदिने आशंका बढिरहेका बेला कतारी पर्यटन परिषद्का महासचिवबाट यस्तो भनाइ आएको हो ।

यद्यपि कतारले आफ्नो मुलुकमा रहेका इजिप्टका नागरिकलाई देश निकाला भने नगर्ने बताइएको छ ।

कतारका २७ लाख जनसङ्ख्यामध्ये केबल ३ लाख मात्रै कतारी नागरिक छन् । जनसङ्ख्याको बाँकी हिस्सा भने अन्य मुलुकका कामदार तथा आप्रवासी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक