2026-08-26 08:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिपको टिम दिल्लीको रोमान्चक जित, पहिलो पटक प्ले-अफ जित्दै क्वालिफायरमा प्रवेश

वैशाख २५, काठमाडौँ | आइपीएल सिजन १२ को खेल जारी छ । आजको खेलमा दिल्ली क्यापिटल्सले हैदरावादलाई २ विकेटले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो । दिल्लीले अब फाईनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग शुक्रबार खेल्नेछ । हैदरवादले भने यस सिजनको आईपीएलबाट बिदा लिएको छ । दिल्लीले आईपीएलमा पहिलो पटक प्ले-अफ जितेर क्वालिफायरमा प्रवेश गरेको हो ।

हैदरावादले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १९.५ ओभरमा आफूलाई प्राप्त लक्ष्य ८ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीको धरमराउदो अन्तिम ओभरको पाँचौ बलमा किमो पलले चौका प्रहार गर्दै दिल्लीलाई जित दिलाएका हुन् । खेल जिताउनमा दिल्लीका पृथ्वी साव र रिशभ पन्तले महत्वपूर्ण स्कोर खडा गरे । 

खेलमा म्यान अफ द म्याच समेत बनेका ऋषभ पन्तले विश्फोटक ब्याटिङ गर्दै २१ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४९ रनमा क्याच आउट भए । पन्तलाई १८.५ ओभरको पाँचौ बलमा भुवनेश्वर कुमारले मोहम्मद नाबीको हातबाट क्याच आउट गराएका हुन् । खेलमा दिल्लीका ओपनर पृथ्वी शावले ५६ रनको व्यक्तिगत पारी खेले । 

दिल्लीको जितको लागि पहिलो विकेटका लागि ७.३ ओभरमा धवन र शा ले ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । खेलमा हैद्रावादका बलर दिपक हुड्डाले विकेटकीपर रिद्धीमान शाहबाट धवनलाई १७ रनमा स्टम्पिङ गर्दै पहिलो सफलता दिलाए । ११ ओभरको दोस्रो बलमा खलिल अहमदले विकेटकीपर शाहबाट कप्तान श्रेयस ऐयरलाई ८ रनमै आउट गरे । यसै ओभरको अन्तिम बलमा खलिलले विजय शंकरबाट पृथ्वी शालाई क्याच आउट गराएपछि दिल्लीलाई खेलमा फर्कन अफ्ट्यारो अवस्था आयो । त्यसपछि खेलमा बलियो बन्दै गएको हैदरावादले दिल्लीको १५ औं ओभरको पहिलो बलमा कोलिन मुनरो र चौथो बलमा अक्षर पटेललाई राशिद खानमार्फत आउट गरायो ।  किमो पल ५ रनमा अविजित रहे । हैदरावादका लागि राशिद खान, भुवनेश्वर कुमार र खलिल अहमदले समान २ तथा दिपक हुड्डाले १ विकेट लिए ।

यस अघि घरेलु मैदान विशाखापट्नमा टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरको ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । उसको लागि ओपनर मार्टिन गुप्टिलले १९ बलमा ४ छक्का र १ चौका सहित ३६ सर्वाधिक रनको योगदान दिए । त्यस्तै कप्तान केन विलियम्सनले २७ बलमा २ चौका सहित २८ रन जोडे ।

त्यस्तै मनिष पान्डेले ३६ बलमा ३ चौका सहित ३० रन बनाए, रिद्धीमान शाह ८ रनमा आउट भए । त्यस्तै विजय शंकरले ११ बलमा २५ रनको योगदान दिदै हैदरावादलाई थप बलियो बनाए । त्यस्तै मोहम्मद नाबीले १३ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । हैदरावादको चौथो ओभरको पहिलो बलमा ईशान्त शर्माले कप्तान श्रेयस ऐरबाट क्याच आउट गराएपछि हैदरावादले पहिलो विकेटका रिद्धीमान शाहलाइ गुमाएको थियो । सातौ ओभरको तेस्रो बलमा आक्रमक ब्याटिङ गरि रहेका गुप्टिललाई अमित मिश्राले किमो पलबाट क्याच गराए । यी दुबै आउट भएपछि हैदरवादले सुस्त गतिमा रन जोडेको थियो ।

हैदरावादको चौधौं ओभरको चौथो बलमा पलले पान्डेलाई क्याच आउट गराए । १६ औं ओभरको पाँचौ बलमा इशान्त शर्माले विलियम्सनलाई बोल्ड आउट गरेपछि हैदरावाद ठूलो योगफल बनाउनबाट चुक्यो । दिल्लीका लागि किमो पलले सर्वाधिक ३ विकेट लिए । उनको यो ह्याट्रिक जित थियो । खेलमा दिल्लीको लागि ईशान्त शर्माले २, अमित मिश्रा र टेन्ट्र बोल्टले १/१ विकेट लिए ।

आजको खेल जितेसँगै दिल्लीले अव शुक्रवार बेलुका फाइनल प्रवेशको लागि खेल खेल्नेछन् । उक्त दिन जसले जित्छ उसले मुम्बईसँग फाइनलमा भिड्नेछ । आईपीएलको फाईनल खेल आगामी आतबार हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग