३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् शीघ्र स्खलन कम गर्ने ७ तरिका, जान्नुहोस्

२६ बैशाख २०७६, बिहीबार १०:५७

वयस्क पुरुषले आफ्नो जीवनको कुनै न कुनै समय आफूले चाहेको भन्दा छिटो बेला वीर्य स्खलन भएको अनुभव गरेका हुनु सामान्य कुरा हो । लिंग योनीमा छिराउनासाथ वा छिराउनुभन्दा पनि अघि नै वा कुनै घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी हुने समस्या हो ।

शीघ्र स्खलन हुनुको कारण प्रायः जसो शारीरिकभन्दा पनि बढी मानसिक समस्या नै रहेको पाइन्छ। शीघ्र स्खलनको समस्यालाई कम गर्न के गर्न सकिन्छ भन्ने चर्चा गरौँस् । 

१. हस्तमैथुन गर्ने

हस्तमैथुन गर्ने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो रोक्ने र यो प्रक्रिया दोहार्‍याउने ।

२. चिन्ता कम गर्ने

कतिपय मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा 'राम्रो' गर्न सक्दिन किन भन्ने गम्भीर चिन्ता हुनसक्छ। आफ्नो यौन जोडीलाई खुशी पार्ने लोभले चिन्ताबढाउछ र यसले नै झन बढी समस्याकोसिर्जना गर्न पनि सक्छ। शीघ्र स्खलनको समस्यालाई कम गर्न सबैभन्दा पहिले चिन्ताबाट छुटकारा पाउनु पर्छ ।

३. यौनसम्पर्क गर्दा बेला बेलामा रोक्ने 

जब स्खलन होला जस्तो लाग्छ आफ्नो मन अन्तैतिर लगेर यौन क्रिडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि फेरि यौन क्रिया शुरु गर्ने । यसो गर्दा लामो समयसम्म यौन क्रिडा गर्न सकिन्छ । यस्तो क्रिया गर्न अभ्यास पर्ने हुन्छ । तेस्तो अभ्यास यौन जोडीसँग सम्पर्क गर्दाभन्दा हस्तमैथुन गर्दा सजिलोहुन्छ । कतिपय पुरुषलाई यौन उत्तेजनामा लिंगलाई योनीबाट बाहिर झिकेर यौन क्रिया रोक्न गाह्रो हुन्छ भने हस्तमैथुन गर्दा भने हात एक छिन रोक्न सजिलो हुन्छ ।

४. लिंगको फेदमा समात्ने 

यौन क्रिया गर्दा स्खलन हुन लागेमालिंग योनीबाट बाहिर झिकेर लिंगको फेदमा बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने। यसरी स्खलन रोकेर यौन उत्तेजना केही कम भएपछि फेरि यौनक्रिडा सुरु गर्ने।

५. आशन परिवर्तन गर्ने 

यौन क्रिडा गर्दा महिलामाथि पुरुष तल सुतेर यौन क्रिडा गर्दा पनि शीघ्रस्खलन कम भइ लामो समयसम्म यौन क्रिडा गर्न सकिन्छ ।

६. कन्डमको प्रयोग 

कन्डमले पनि कतिपय पुरुषलाई शीघ्र स्खलनको समस्या कम गर्छ। योनी र लिंगको बीचमा बस्ने कन्डमले पुरुषमा उत्तेजना कम गरेर लामो समय सम्म यौन सम्पर्क गर्न सहयोग गर्छ ।

७. मांसपेशीको कसरत 

पिसाब रोक्न जुन मांसपेशी प्रयोग हुन्छ सोही मांसपेशीले वीर्य स्खलन रोक्न पनि सहयोग गर्छ। त्यसैले बेला बेलामा यो मांसपेशीको कसरत गरे पनि शीघ्रस्खलन कम गर्न सहयोग पुग्दछ।  यी सबै उपायहरु हस्तमैथुन गर्दै प्रयोग गर्ने र वीर्य स्खलन हुन लाग्दा रोक्ने गर्दै प्रयोग गरेर लामो समयसम्म वीर्य स्खलनलाई नियन्त्रण गर्न सकेपछि यौन साथीसँग प्रयोग गर्नु पर्दछ। अझ आफ्नो यौन साथीलाई पनि वीर्य स्खलन ढिलो गर्न सहयोग गर्न भनेमा यौन क्रिडामा अझ रमाइलो र आरामदायी अनुभव लिन सकिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट