२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइन मिडियाको निगरानी गर्दै प्रेस काउन्सिल, यस्ता छन् ५ निर्णयहरू

२०७६, २७ बैशाख शुक्रबार १३:२१

वैशाख २७, काठमाडौँ | प्रेस काउन्सिल नेपालले पटक–पटक सचेत गराउँदा पनि पत्रकार आचारसंहिता पालना नगर्नेहरुमाथि कडा कारवाही गर्ने नीति लिएको जनाएको छ । आज शुक्रबार एक प्रेस बिज्ञप्ति जारी गर्दै काउन्सिल बिभिन्न ५ बुदामा काउन्सिलले गरेको निर्णय सार्वजनिक गरेको हो । 

काउन्सिलले पत्रकार आचारसंहितामा अटेरी गर्ने अनलाइन सञ्चार माध्यमहरूको सूचीकरण रद्द गर्ने बिज्ञप्तिमा उल्लेख गरेको छ । प्रेस काउन्सिल नेपाल अन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको केही दिनअघि बसेको बैठकले बिभिन्न निर्णय गरेको काउन्सिलले बिज्ञप्तिमा जानकारी गराएको छ । जसमा निम्न कुराहरु छन् ।

प्रेस काउन्सिलका निर्णयहरू:

१. गम्भीर प्रकृतिका आचारसंहिता उल्लंघन गर्नेलाई पटकपटक जानकारी गराउँदा गराउँदै पनि त्यसतर्फ ध्यान नदिई गल्ती गरिरहेको पाइएमा सूचीकरण रद्द गर्ने । सूचीकरण भएका तर दर्ता नभएका अनलाइनलाई १५ दिनभित्र सूचना तथा प्रशारण विभागमा दर्ता गरी काउन्सिललाई जानकारी दिन लगाउने अन्यथा सूचीकरणबाट हटाउन सकिने । 

२. सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, हिंसा आतंक र अपराधलाई प्रश्रय हुने, उत्तेजना, त्रास फैलाउने सामग्री सम्प्रेषण गर्ने अनलाइन सञ्चारमाध्यम काउन्सिलमा सूचीकरण भएकाको हकमा सूचीकरणबाट किन नहटाउने ? भनी ३ दिनभित्र स्पष्टीकरण सोध्ने । सूचीकरण नभएकाको हकमा यस्ता प्रकृतिका सामग्री सम्प्रेषण भएबाट अन्य कानुन आकर्षित हुने हुँदा क्षमायाचनासहित सच्चिन र आइन्दा  आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न, दर्ता एवं सूचिकृत हुन सचेत गराउने र पटक-पटक त्यस्तो प्रवृत्ति दोहोरिएको पाइएमा सरोकारवाला निकायमा पत्राचार गर्ने, काउन्सिलले नोटिसमा राख्ने प्रकृतिका सामग्रीलाई आगामी दिनमा भूल नदोहोर्याउनेतर्फ सचेत गराउने र तत्पश्चात् पनि आचारसंहिता उल्लंघन देखिए एवं कुनै कैफियत भेटिए अभिलेखमा राखी आचारसंहिता बमोजिम थप कारबाही अगाडि बढाउने । 

३. अश्लील प्रकृतिका सामग्री सम्प्रेषण गर्ने अनलाइनका हकमा नेपाल सरकारले केही समय अगाडि त्यस्ता साइटहरू बन्द गरेको अवगत गराउँदै प्रेषित भाषा, अश्लीलता, तस्वीरको नग्नता आदिका आधारमा आगामी दिनमा यस्ता सामग्री सम्प्रेषण नगर्न सचेत गराउने र सामान्यलाई ध्यानाकर्षण गराउने ।

४. केही अनलाइनबाट अप्रिल फूलको नाममा समाजमा अफवाह, आतंक फैलाउने खालका सामग्री सम्प्रेषण हुने गरेको देखिएकोले त्यस्ता सञ्चारमाध्यमलाई ‘अब उप्रान्त यस्ता सामग्री सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्ने र पुनः यस किसिमका सामग्री सम्प्रेषण भएको पाइएमा प्रचलित नियम-कानुन एवं आचारसंहिताबमोजिम कारबाही अगाडि बढाउने ।

५. अब उप्रान्त अनलाइन सञ्चालन निर्देशिका–२०७३ (प्रथम संशोधन २०७४) बमोजिम सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रमाणसहित आवश्यक प्रक्रिया पूरा गरी काउन्सिलसमक्ष आवेदन दिएमा निर्देशिकाको दफा १५ बमोजिम अभिलेखमा राखी सूचीकरण गर्ने र सोको जानकारी सूचना तथा प्रशारण विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल पत्रकार महासंघलाई दिने, साथै काउन्सिलमा सूचीकरणका लागि आवेदन दिएका र न्यूनतम आधार पूरा गरेका अनलाइन सञ्चारमाध्यमलाई रु. ५००।– (पाँच सय) लिई सूचीकरण प्रमाणपत्र उपलब्ध गराउने, सोको अनुमोदनको लागि काउन्सिल बोर्डमा पेश गर्ने । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो