२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानबाट भारत छिरेको विमान भारतले तत्काल ल्याण्ड गरायो

२०७६, २७ बैशाख शुक्रबार १७:१९

वैशाख २७, काठमाडौँ । पाकिस्तान तर्फबाट भारत छिरेको एक विमानलाई भारतीय वायुसेनाले जयपुरमा इमरजेन्सी ल्याण्ड गराएका छन् । भनिएको छ कि शुक्रवार पाकिस्तानतर्फबाट एन्टोनोव-१२ कार्गो विमान गैर-आधिकारिक एयर रूटबाट भारत छिरेको थियो । भारतीय एयर डिफेन्स सिस्टमले तत्काल उक्त विमानलाई ल्याण्ड गराएको थियो । बिमान ल्यान्डिङ गराएपछि पाईलटसँग सोधपुछ गरिएको छ ।

वायुसेनाका अधिकारीहरुका अनुसार एक अज्ञात विमान शुक्रबार ३:१५ बजे उत्तर गुजरातको क्षेत्रमा भारतीय एयरस्पेसमा छिरेको थियो । विमानले अधिकृत एयर ट्राफिक सर्विसेज (एटीएस) रूट पालना गरेको थिएन र भारतीय नियन्त्रण एजेन्सिहरुको रेडियो कलको प्रतिक्रिया दिईरहेको थिएन । यसै क्रममा एटीएस रूट बन्द गरेर उक्त बिमानलाई अगाडी जान रोकियो र निर्देशन बमोजिम जयपुरमा ल्याण्ड गराइयो । 


अधिकारीहरुका अनुसार एनटोनोव-१२ कार्गो विमान भारतीय सीमामा सत्ताईस हजार फीटको ऊंचाईमा थियो । यसै क्रममा उक्त बिमानसँग सम्पर्क गर्ने कोसिस गरियो, तर बिमानबाट प्रतिक्रिया आएन । जब सुखोईका दुई लडाकु विमानले चुनौती डियो तव पाइलटले एन्टोनोव-१२ कार्गो विमान कराचीको बाटो हुँदै दिल्लीको लागि जर्जियाबाट आएको थियो । त्यसपछी उक्त बिमानलाई जयपुरमा ल्यान्डिङ गराइएको थियो ।

ल्यान्डिङपछि सुरक्षाबलले विमानको तलाशी लिएको थियो । बिमानमा खानतलासी लिंदा कुनै कुनै सन्दिग्ध सामान फेला परेन । पाइलट र क्रू मेम्बर्ससँग अधिकारीहरुले अनुसन्धान जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ