2026-08-29 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पन्ध्र/बिस क्षेत्रको बिकासलाई जहीले पनी प्राथमिकतामा राखेको छुः रावल

कमल रावल | बैशाख २८, अछाम | पुर्व उपप्रधान तथा गृहमन्त्रि भिम बहादुर रावलले पन्ध्र बिस क्षेत्रको बिकासलाई जहीले पनी प्राथमिकतामा राखेर अघि बढेको बताउनु भएको छ । 

जनशिखा क्याम्पस मेल्लेख अछामको तेस्रो साधारण सभाको उदघाटन कार्यक्रममा बोल्दै रावलले सडक, शिक्षा, स्वास्थ्यका भवन निर्माण लगाएत विद्युत बिस्तारका लागि जहीले प्रथामिकतामा राखेको बताउनु भयो । अछाम क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य समेत रहेका रावलले आगामि दिनमा पनी निरन्तर रुपमा बिकास र समृद्धिका लागि लाग्ने बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टिको सुदुरपश्चिम ईञ्चार्ज समेत रहेका रावलले जनशिखा क्याम्पस स्थापना देखि महत्वपुर्ण सहयोग गरेकाले आगामि दिनमा पनि सहयोग निरन्तर जारी रहने बताउनु भयो । प्रदेश देखि केन्द्रसम्म कम्युनिष्टको दुई तिहाई सरकार भएकाले क्याम्पसको भौतिक अभाब, प्राध्यापक दरबन्दीका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथी सुदुरपश्चि प्रदेश आर्थिम मामिला तथा योजना मन्त्रि झपट बहादुर बोहराले मेल्लेखमा सडकको स्तरउन्नतीका लागि साफेबगर देखि ऋषिदह हुदै बाजुरासम्म जोडनका प्रयाप्त बजेट बिनियोजन गरिएको बताउनु भयो । आगामि आर्थिक बर्षको बजेटमा समेत बिशेष प्राथमिकता राखेर बजेट बाडफाड गर्ने बताउनु भयो । प्रदेश सरकारले शिक्षालाई प्राथमिकतामा राखेर अगाडि बढेकाले जनशिखा क्याम्पसमा बिशेष बजेटको ब्याबस्था गर्ने बताउनु भयो । क्याम्पस संञ्चालक समिती अध्यक्ष गोरख खडकाको अध्यक्षतामा भएको कार्यक्रमका अर्का बिशिष्ट अतिथी राष्ट्रिय सभा सदस्य तथा नेकपा अछामका अध्यक्ष शेर बहादुर कुवरले कुरा गरेर भन्दा पनी ब्याबहारमा लागु गर्नु पर्ने बताउनु भयो । अबको यात्राको गरिखाने शिक्षा तर्फ उन्मुख हुनुपर्नेमा जोड दिनु भयो । 

कार्यक्रममा प्रदेस सदस्य गोविन्द कुवर, मिना साउद, पुर्व जिबिस सदस्य कृष्ण प्रसाद जैसि, नेकपा जिल्ला सचिव झपट साउद, साफेबगर नगरप्रमुख कुल बहादुर कुवर, मेल्लेख गाउपालिका अध्यक्ष लोक बहादुर बोहरा, रामारोशन गाउपालिका अध्यक्ष झँकर साउद, चौरपाटि गाउपालिका अध्यक्ष हर्क बहादुर साउद, खेलकुद बिकास समिती सुदुरपश्चिम उपाध्यक्ष हिरण्ड भटराई, नेपाल राष्टिय शिक्षक सगठन जिल्ला अध्यक्ष जानकी बोहरा, अनेरास्वीयु क्रान्तिकारी केन्द्रिय सदस्य गम्भीर साउद, नेविसघ अछामका सभापती नृप साउद, अनेरास्वीयु जिल्ला कोषाध्यक्ष नरेन्द्र खडका, दलित प्रतिनीधी मोतिसिह भुल, वडाअध्यक्षको तर्फबाट  नर बहादुर साउद, विद्यार्थिको तर्फबाट भिम महर लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । क्याम्पसको बन्दसत्रले आगामि ३ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो