वैशाख ३०, काठमाडौं । काठमाडौंको चाबहिलबाट लागुऔषध खैरो हिरोइनसहित २ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा खोटाङको तुवाचुङ-५ घर भएका २६ वर्षीय सुरेश राई र ३० वर्षीय बबिन राई रहेको प्रहरीले जनाएको छ ।
घर खोटाङ भए पनि सुरेश काठमाडौंको मुलपानी र बबिन काठमाडौंकै बालुवाटार बस्दै आएका थिए ।

महानगरीय प्रहरी कपनवाट टोली परिचालन भएको प्रहरीको टोलीले उनीहरुलाई जाँच गर्दा आठ ग्राम खैरो हिरोइन २५ वटा पोकामा फेला पारेको थियो ।
उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको कपन प्रहरीले जनाएको छ ।