बैशाख ३०, काठमाण्डौ | अवैध भारतीय नोट कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ६ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौको ठमेलबाट प्रतिबन्धित भारतीय एक हजार र ५ सय दरका १६ लाख रुपैयाँ बराबरको नोटसहित धादिङका शम्भू परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, बाग्लुङका नवीन थापा, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ पक्राउ परेका प्रहरीले जनाएको छ ।
उनीहरुले ठग्ने मनसायले रकम ओसारपसार गरेको हुन सक्ने महानगरीय प्रहरी परिसर, काठमाण्डौका डीएसपी होबिन्द्र बोगटीले बताए। भारतमा प्रतिबन्ध लगाइएका नोटको ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा रकमसहित उनीहरु पक्राउ परेका थिए ।