३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईं कति भाग्यमानी ? हात हेरेरै थाहा पाउनुहोस्

३१ बैशाख २०७६, मंगलवार ०७:५३

काठमाडौं । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ । आउनुहोस आज राजयोगका बारेमा केही बुझौं । 

१.राजयोगको परिस्थितीः जातक भरण ग्रन्थका रचनाकार आचार्य ढुण्डीराजका अनुसार जो व्यक्तिको जन्मको समयमा उसको कुण्डलीमा राजयोगको परिस्थिती बन्दछ उसको हात र खुट्टाको रेखा एकदमै स्पष्ट हुन्छ । पुरुषको दाँया हात र खुट्टामा तथा महिलाको बाँया हात र खुट्टामा यदि कुनै प्रकारको राजचिन्ह देखियो भने जीवन सुखमय र सम्पत्तिले भरपुर भएर बित्ने उल्लेख छ ।

२. विभिन्न चिन्हः सामुद्रिक शास्त्रका रचनाकार महर्षि समुद्रको भनाईअनुसार जुन व्यक्तिको पैतालाको तल अंकुश, कुंडल वा चक्रको निशान देखिन्छ, ऊ एक राम्रो शासक बनेर राष्ट्रको प्रतिनिधित्व गर्नसक्छ ।

३. विभिन्न निशानः जातक भरण ग्रन्थका अनुसार जुन व्यक्तिको हात वा खुट्टामा हस्ती, छत्र, माछा, तलाउ, अंकुश वा वीणाको निशान हुन्छ । सो व्यक्ति उत्तम र मानिसहरुमा सर्वश्रेष्ठ हुन्छ ।

४. राज्यको अवसरः जातक भरण ग्रन्थका अनुसार जुन व्यक्तिको हातको बीचमा शक्ति, तोमर, बाण, रथ, चक्र वा ध्वजाको निशान हुन्छ त्यो व्यक्तिलाई शासन गर्ने ठूलो अवसर प्राप्त हुन्छ । जसको उसले फाइदा पनि उठाउन सक्छ ।

५. लक्ष्मीको प्रियः यस्तो व्यक्ति जसको खुट्टामा कुनै पांग्रा वा चक्रको साथै कमल आसनको निशान हुन्छ, उसलाई प्रशस्त जमिन, घर प्राप्त हुन्छ र जीवनभर ऊ सुशी र सम्पन्न हुन्छ । उसको घरमा सधै लक्ष्मीको बास हुने हुँदा उसलाई धनको कमी हुँदैन ।

६.कोठीः जुन व्यक्तिको हातको बीचमा कोठी हुन्छ उ एकदमै धनी तथा समाजिक रुपमा प्रतिष्ठित हुने गर्छ । यसको साथै जुन व्यक्तिको पैतालामा कोठी तथा कुनै सवारीको चिन्ह हुन्छ उ एकदमै राम्रो र कुशल शासकको रुपमा चिनिन्छ ।

७. भाग्य रेखाः माझको औलाको ठीक तल मणि बन्धनसम्म फैलिएको रेखा जसलाई भाग्यरेखा भनिन्छ, यो रेखा प्रष्ट र कहींपनि नछुटेको भएमा त्यस्तो व्यक्तिलाई सबै प्रकारको सुख, सुविधा र मानसम्मान प्राप्त हुन्छ ।

८.विभिन्न अंगहरुबाट ज्ञानः समुद्र शास्त्रका अनुसार जो व्यक्तिको चौडा छाती, लामो नाक, र गहिरो नाइटो हुन्छ, उसको भाग्यले उसलाई एक ठूलो शासक बन्न सहयोग पुर्याउँछ ।

९. राजयोग को शर्तः राजयोग तबसम्म सिद्ध मानिदैंन जबसम्म राजयोगको लक्षण व्यक्तिको शारिरिक अंग र उसको शारीरिक बनावटमा देखा पर्दैन भन्ने मान्यता छ । माथि उल्लेखित लक्षणहरुले राजयोगको संकेत गरेपनि राजयोगको निश्चितता केही महत्वपूर्ण चिन्ह्हरुमा रहन्छ । हात वा पैतालामा शंख, चक्र, गदा, खड्ग, अंकुश, धनुष, बाण आदि चिन्ह भएमा राजयोगको निश्चितता भएको मानिन्छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट