2026-07-11 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिलगङ्गा–ताम्रगङ्गा–गुह्येश्वरी सडक बन्द, यस्तो छ कारण

2019-05-14

बैशाख ३१, काठमाडौं | विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा १३ वर्षअघि खोलिएको तिलगङ्गा–ताम्रगङ्गा–गुह्येश्वरी सडक बन्द गर्नका लागि प्रक्रिया शुरु भएको छ । 

विश्व सम्पदा क्षेत्रको बीचबाट सडक खोलिएको भन्दै संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले पटक पटक बन्द गर्न आग्रह गर्दै आएको थियो । सो सडक बन्द नगरे पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी युनेस्कोले दिएको थियो ।

सर्वोच्च अदालतले पनि सो सडक बन्द गर्न आदेश दिएकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषलाई पटकपटक पत्राचार गर्दै आएकाले सडक गर्न बोलपत्र आह्वान भइसकेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । 

फोहर बोकेका गाडीले यो सडक हुँदै राति पशुपति क्षेत्र प्रवेश गरेर ‘डम्पिङ साइट’ मा लैजान खोजेकाले धार्मिक क्षेत्रको अस्तित्व खतरामा परेको थियो । फोहरमा पक्षीको हुल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्ने आन्तरिक एवं बाह्य उडानका हवाइजहाज दुर्घटनामा पर्न सक्ने खतरासमेत बढेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताउनुभयो । 

अस्थायी सडक खुले पनि मर्मतसम्भार नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोले सवारी साधन एवं मानिसलाई समेत आवतजावतमा समस्या भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट