2026-09-19 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एसईई मोडल हन्ट २०१९’का २६ प्रतियोगी अहिले प्रशिक्षणमा जुटे (८ तश्वीर)

जेठ १, काठमाडौं | डिएम इन्टरटेनमेन्ट आयोजक रहेको सौदर्य प्रतियोगिता ‘एसईई मोडल हन्ट २०१९’का २६ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । बिभिन्न चरणको अडिसनबाट छानिएका ११ केटी र १५ केटी प्रतियोगी अन्तिम स्पर्धाका लागि केही सातादेखि प्रशिक्षण मार्फत आफ्नो प्रतिभा निखार्न जुटेका हुन् । 

प्रशिक्षणका क्रममा उनीहरुले ब्यवसायिक मोडलिङका लागि चाहिने बिभिन्न प्रशिक्षकाका अलवा बिजनेश म्यान, अभिनेता अभिनेत्री, लेखक, फेसन डिजाइनर, राजनीतिक लिडर लगायत समाजका प्रतिष्ठित ब्यक्तिहरुबाट उनीहरुकै क्षेत्रको अनुभव समेत हासिल गर्नेछन् ।

एसएलसी दिएर बिभिन्न क्षेत्रमा करियर बनाउने सोचमा रहेका र मोडलिङमा भबिश्य खोज्न चाँहनेहरुका लागि ‘एसईई मोडल हन्ट’ एउटा उपयुक्त प्लेट र्फम पनि हो ।

समाजको जुनै क्षेत्रमा पनि सजिलै स्थापित हुन सक्ने बनाउनु प्रतियोगिताको मुख्य उदेश्य रहेको आयोजक डिएम इन्टरटेनमेन्टका सिइयो डेनी मगरले बताए । ‘मोडलिङ क्षेत्रलाई ब्यवस्थित गर्दै उद्योगको रुपमा बिकाश गर्ने कार्यक्रमको अर्काे उदेश्य हो’ मगरले भने ‘प्रतियोगितामा सिकेको ज्ञान दैनिक जीवन सहज बनाउन पनि काम लाग्ने गर्दछ ।’

‘एसईई मोड हन्ट’को अन्तिम स्पर्धा यही जेठ १४ गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुँदैछ । प्रतियोगितामा महिला तथा पुरुषबाट एक एक गरेर दुई शिर्ष बिजेता छानिने छ । 

शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने प्रतियोगितामा शिर्ष बिजेताले मेघा कलेजबाट उच्च शिक्षा अध्यायनका लागि फुल स्कलरसिप, बज्र ननिताज् जिमबाट ५०, ५० हजार बराबरको ६ महिनाका लागि सुबिधा लगायत बिभिन्न गिफ्ट ह्याम्पर समेत जित्न सक्ने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ