2026-07-25 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिभिजन वन अधिकृतसहित बीस जनाविरुद्ध आरोपपत्र दायर

जेठ १, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समिति, ठेकेदार, वन समिति र वन कार्यालयको मिलेमतोमा अवैधानिकरुपमा नौ हजार ४९७.७८ क्युफिट काठ कटानी गरेको आरोपमा डिभिजन वन कार्यालय हेटौँडाका तत्कालीन डिभिजनल वन अधिकृत प्रह्लादप्रसाद धितालसहित २० जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

आयोगले अवैधरुपमा काठ कटानीमा संलग्न सहायक वन अधिकृत विशाल भट्टराई, मोहनबहादुर खद्का (अवकाश प्राप्त), टङ्कनारायण श्रेष्ठ, नारायणबहादुर कार्की, राजेन्द्रमान राजभण्डारी (अवकाश प्राप्त) र दशराम चौधरी, रेञ्जर राजु लामा तथा फरेष्टर ब्रह्मदेव यादवविरुद्ध बिगो माग गर्दै आरोपपत्र दायर गरिएको हो । 

त्यसैगरी वनरक्षक देवीप्रसाद गौतम, होटल सामना प्रालिका सञ्चालक सानुकाजी आचार्य, सामना काष्ठ उद्योगका सञ्चालक सुरज आचार्य, स्थानीय काठ ठेकेदार केशव भन्ने इन्द्रमणि तिमल्सिना, ब्रह्म सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मर्दन सिं थिङ, वन समितिका कोषाध्यक्ष शुक्रबहादुर ब्लोन, ब्रह्म आधारभूत विद्यालय, बकैयाका प्रधानाध्यापक राजन भन्ने रामबहादुर घोरसाइनी, ब्रह्म सामुदायिक वन समितिका सल्लाहकार जीवन भन्ने भीमबहादुर थिङ, ढलापडा काठ दाउरा सङ्कलन समितिका संयोजक भूटानी भन्ने बुद्धबहादुर लोप्चन तथा सोही समितिका सदस्यद्वय सोमबहादुर तिमल्सिना र सूर्यबहादुर जिम्बाविरुद्ध पनि अख्तियारले आरोपपत्र दायर गरेको छ । 

आयोगले तत्कालीन डिभिजनल वन अधिकृत धितालविरुद्ध एक करोड ५८ लाख ७० हजार ७९० रुपैयाँ ३८ पैसा बिगो र घुसबापतको बिगो रु एक लाख मागदाबी गरेको छ । त्यस्तै सहायक वन अधिकृत भट्टराई, श्रेष्ठ, कार्की, राजभण्डारी, चौधरी, रेञ्जर लामा, फरेष्टर यादव, वनरक्षक गौतम, होटल सञ्चालक आचार्य, काष्ठ उद्योग सञ्चालक आचार्य, वन समितिका कोषाध्यक्ष ब्लोन, काठ दाउरा सङ्कलन समितिका सदस्य तिमल्सिना र जिम्बाविरुद्ध पनि जनही एक करोड ५८ लाख ७० हजार ७९० रुपैयाँ ३८ पैसा बिगो माग दाबी गरिएको छ । 

आयोगले काठ ठेकदार तिमल्सिनाविरुद्ध एक करोड ५८ लाख ७० हजार ७९० रुपैयाँ ३८ पैसा बिगो र घुसबापतको बिगो रु १४ लाख २५ हजार, सामुदायिक वनका अध्यक्ष थिङविरुद्ध एक करोड ५८ लाख ७० हजार ७९० रुपैयाँ ३८ पैसा बिगो र घुसबापतको बिगो ८५ हजार, ब्रह्म आधारभूत विद्यालयका प्रधानाध्यापक घोरसाइनेविरुद्ध एक करोड ५८ लाख ७० हजार ७९० रुपैयाँ ३८ पैसा बिगो र घुसबापतको बिगो रु दुई लाख, वन समितिका सल्लाहकारविरुद्ध एक करोड ५८ लाख ७० हजार ७९० रुपैयाँ ३८ पैसा बिगो र घुसबापतको बिगो रु नौ लाख ७५ हजार तथा काठ, दाउरा सङ्कलन समिकिा संयोजक लोप्चनविरुद्ध एक करोड ५८ लाख ७० हजार ७९० रुपैयाँ ३८ पैसा बिगो र घुसबापतको बिगो एक लाख माग दाबी गरेको छ । 

उनीहरुले मकवानपुरको साविक धियाल गाविस वडा नं २ हालको बकैया गाउँपालिका वडा नं २ मा रहेको ब्रह्म सामुदायिक वनबाट २६२ वटा ढलापडा साल जातका रुख मात्र कटान गर्नुपर्नेमा बद्नियतपूर्वक स्वीकृति नलिएका २०८ वटा हरिया सग्ला खडा सालको रुख कटान गरी नौ हजार ४९७.७८ क्युफिट (मूल्यअभिवृद्धि करबाहेक एक करोड ५८ लाख ७० हजार ७९० रुपैयाँ ३८ पैसा) हानि नोक्सानी पु¥याएको अनुसन्धानका क्रममा पाइएको आयोगको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक