६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उकालो लाग्दै शेयर बजार

१ जेष्ठ २०७६, बुधबार १५:२८

जेठ १, काठमाडौँ | मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको शेयर बजार बुधबार पनि उकालो लाग्नेक्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से ५.५५ बिन्दुले बढेर एक हजार ३२१ बिन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ बिन्दुले बढेर २८२.२५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज १७२ कम्पनीका ४० लाख ४३ हजार १५७ कित्ता शेयर रु एक अर्ब ३३ करोड तीन लाख १४ हजार २४७ मा खरिद बिक्री भए । कारोवार भएका १२ उपसमूहमध्ये छ उपसमूहको शेयर बढे भने छ उपसमूहको शेयर घटे । बैंकिङ ९.८६, व्यापार १०.५६, विकास बैंक २५.९९, वित्त १.९५, अन्य ८.१२, लघुवित्त ०.१३ बिन्दुले वृद्धि हुँदा होटल ३४.१९, जलविद्युत् ७.२६, निर्जीवन बीमा ३८.४९, उत्पादन ५९.७४, जीवन बीमा १७.८४ र म्युचुअल फन्ड ०.०४ बिन्दुले घट्यो । 

नेपाल कम्युनिटी विकास बैंकका शेयरधनीले ७.९७, विशाल बजार कम्पनी ७.७९, ग्रीन डेभलपमेन्ट बैंक ६.७३, रिलायन्स फाइनान्स ६.६१ र कृषि विकास बैंकका शेयरधनीले ५.२९ प्रतिशतले कमाए भने हिमालयन डिष्टिलरी लिमिटेडका शेयरधनीले ६.०३, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ५.५२, सिभम सिमेन्टस् ४.७६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४.३७ र नयाँ नेपाल लघुवित्त विकास बैंकका शेयरधनीले ३.९२ प्रशितले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या