२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाल्पालाई चिनाउने ढाका र करुवा बनाउने व्यवसाय धरापमा

२०७६, २ जेष्ठ बिहीबार ०५:४४

जेठ २, रामपुर । छुट्टै पहिचान दिएको पाल्पाली ढाका तथा करुवाको जिल्ला भनेर चिनिने पाल्पामै ढाका बुन्ने र करुवा बनाउने व्यवसाय धरापमा परेको छ ।

 पाल्पाको तानसेन नगरपालिका–६ की पूर्णमाया महर्जनले आफूले शुरुआत गरेको ढाकाका कपडा बनाउने व्यवसाय पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको बताउनुभएको छ । विसं २०१५ देखि ढाकाका कपडा बुन्न आफूले शुरुआत गरेको पेशा पछिल्लो समय छिमेकी देश भारतबाट आउने कपडाले पहिचान मेटाउन थालेको उहाँले गुनासो गर्नुभयो । श्रीमान्को जागिर भारतमा हुदाँ त्यही बसेर दुई वर्षसम्म चर्खा बेर्ने र हातले तान बुन्ने सीप सिकेकी पूर्णमायाले पाल्पामा आएर सबैलाई सीप सिकाउनुभएको थियो । 

कुनै बेला पाल्पामा एक हजार ५०० बढी कामदारलाई रोजगारी दिनुभएकी महर्जनलाई अहिले भने आफ्नो कारखाना नै शून्य लाग्छ । पहिले–पहिले बिहेको लगन आउने बित्तिकै चोलो पछ्यौरा तथा टोपी किन्नेको पसलमा घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो । पाल्पाको तानसेनमा स्वदेशी वस्त्रालय पाल्पाली ढाका कपडा उद्योग सञ्चालन गरेर विगत छ दशकदेखि सेवा दिएको स्मरण गर्दै उहाँले भन्नुभयो, “अहिलेका व्यापारीले बाहिरबाट ल्याएको ढाकालाई पाल्पाली भनेर बेचेको देख्दा दुःख लाग्छ ।” उहाँले पाल्पाली ढाकाजस्तो असली ढाका बाहिरबाट ल्याएका ढाका नहुने बताउनुभयो । 

पाल्पाली ढाकाजस्तै पाल्पाको छुट्टै पहिचान दिने पाल्पाली करुवा पनि लोपोन्मुख अवस्थामा छ । पहिले तानसेन टक्सारटोलमा २५ घरपरिवारले व्यावसायिकरूपमा सञ्चालन गरेको करुवा तयार पार्ने व्यवसाय अहिले तीन घरमा सीमित बनेको छ । करुवा बनाउने तालीम र कामसमेत दिने भने पनि यसतर्फ कसैको ध्यान नगएको करुवा उद्योगका सञ्चालक उत्तमकुमार बज्राचार्यले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “करुवा बनाउन चाहिने कोइला र काँचको अभाव त छ तर अभावका बीच व्यवसायमा काम दिन्छु भन्दा पनि कसैले चासो दिँदैनन् ।”

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले भने पाल्पाली ढाका तथा करुवाको संरक्षणमा कार्यालयले निकै चासो दिएको जनाएको छ । कार्यालयका उद्योग अधिकृत बालकृष्ण गैरेले ढाका तथा करुवाको माग बढी भए पनि आधुनिक तवरबाट सीप हस्तान्तरणको आवश्यकता रहेकोमा जोड दिनुभयो । “पटकपटक व्यवसाय संरक्षणमा पहल गरिरहेका छौँ, तर सफल हुनसकेका छैनौँ”, अधिकृत गैरेले भन्नुभयो ।

पाल्पालाई चिनाउने ढाकाको चोली, टोपी पाल्पा आउने पाहुनालाई उपहारका रुपमा दिने अहिले पनि चलन छ । कतिपय बाहिरी जिल्ला तथा विदेशी पर्यटकले समेत पाल्पा आउँदा पाल्पाली ढाका र करुवा चिनोको रूपमा लैजाने गर्दछन् । यसको संरक्षणमा सम्बन्धित पक्षले ध्यान पुर्‍याउन नसके लोप हुने स्थानीयवासी चिन्ता व्यक्त गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ