२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रभावमा परेर बिहे गर्दा…

२ जेष्ठ २०७६, बिहीबार १३:३५

जेठ २, काठमाडौँ । दोलखाको डाँडागाउँ घर भई काठमाडौँको कालोपुल बस्ने २० वर्षीया जेनी खड्का प्रभावमा परेर बिहे गर्दा गम्भीर अवस्थामा पुग्नुभएको छ । पाँच वर्ष अघि बिहे गर्दा उहाँलाई आफू दोस्रो पत्नी भएको जानकारी थिएन । पछि घरमा अर्को श्रीमती पनि छ भन्ने चाल पाएपछि उहाँ श्रीमान् छाडेर माइतीसँग बस्दै आउनुभएको थियो । बेला बेलामा घर जान दबाब दिँदै श्रीमान्ले धम्की दिने गरेका जेनीको परिवारको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ तर पनि उहाँले सुख पाउनु भएन । 

बुधबार भने गम्भीर परिणाम भोग्नु पर्‍यो । साँझ अन्दाजी ७ः३० बजे आफ्नै श्रीमान् काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ फूलबारी बस्ने ३६ वर्षीय विष्णु भुजेलको एसिड प्रहारबाट गम्भीर घाइते हुनुभएको छ । उहाँको ओम अस्पतालमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । एसिडले उहाँको अनुहारको एक भाग, हात, मुख, छाती जलेको र बोल्नसक्ने अवस्था नरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीको भनाइ छ । भुजेलले जेनीलाई हाल्नकै लागि नियतबस नै काभ्रेबाट एसिड ल्याएको खुलेको छ ।

एसिड प्रहार गरी सख्त घाइते बनाएर भागेको भन्ने सूचनाको आधारमा खोजी गर्दा दुई घण्टामै भुजेललाई प्रहरीले काठमाडौँको काँडाघारीबाट राति १०ः१५ बजे पक्राउ गरेको छ । उनलाई अनुसन्धानका लागि अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ । मोटरसाइकलको ग्यारेजमा काम गर्ने भुलेजले विभिन्न प्रभावमा पारेर सानै उमेरमा बिहे गरेको जेनीको परिवारलाई उद्धृत गर्दै प्रवक्ता बोगटीले बताउनुभयो । आफू कान्छी श्रीमती भएको थाहा पाएपछि उनीहरुबीच विवाद शुरु भएको थियो । तीन वर्षअघि छोरा जन्माएकी जेनी त्यसपछि अलग्गै बस्न थाल्नुभएको थियो । बुधबार भने भुजेलले रिसको झोकमा कोठा बाहिर बोलाएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहितामा तेजाब आक्रमणका घटनामा आठ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड