६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भन्सार विभाग भन्छ : १५१ देशसँग व्यापार, २३ मा नाफा

३ जेष्ठ २०७६, शुक्रबार ११:३०

रमेश लम्साल, जेठ २, काठमाडौँ  । नेपालले विश्वका १५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ मुलुकसँगको व्यापारमा मात्र नाफा देखिएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको चालू आवको नौ महीनाको विवरणमा १२८ मुलुकसँग व्यापार घाटामा रहेको छ । व्यापार नाफामा रहेका मुलुकको कारोवार भने असाध्यै न्यून छ । नाम मात्रैको व्यापार ती देशसँग भएको विवरणमा उल्लेख छ ।  

छिमेकी देश चीन र भारतसँगको व्यापार घाटाको मात्रा सबैभन्दा बढी रहेको छ । भारतबाट रु छ खर्ब ८६ अर्ब ८५ करोड ८० लाख २२ हजार बराबरको सामान आयात भएको छ । नेपालबाट रु ४४ अर्ब १८ करोड ६२ लाख ८३ हजार बराबरको मात्रै निर्यात भएको छ ।

निर्यातभन्दा आयातको मात्रा बढी भएका कारण भारतसँग ठूलो परिमाणमा व्यापार घाटा भएको देखिन्छ । भन्सार विभागको विवरणका आधारमा हेर्ने हो भने भारतसँग रु छ खर्ब ४२ अर्ब ६७ करोड १७ लाख ३९ हजार बराबरको व्यापार घाटा रहेको छ । 

यस्तै उत्तरी छिमेकी देश चीनबाट रु एक खर्ब ५३ अर्ब ९६ करोड ५६ लाख मूल्य बराबरको सामान आयात हुँदा रु एक अर्ब ५२ करोड ३२ लाख ६१ हजार मूल्य बराबरका सामान मात्र निर्यात भएको छ । चीनसँग नेपालको व्यापार घाटा रु एक खर्ब ५२ अर्ब ४४ करोड २३ लाख ४० हजार रहेको छ । 

नेपालको व्यापार घाटा हुने देशमा संयुक्त अरब इमिरेट्ससमेत रहेको छ । सो देशसँग रु २६ अर्ब ७० करोड चार लाख ६२ हजार बराबरको व्यापार घाटा छ । सो देशबाट रु २६ अर्ब ८१ करोड ९१ लाख ९५ हजार बराबरको सामान आयात हुँदा रु ११ करोड ८७ लाख ३३ हजार बराबरको मात्रै निकासी भएको छ । 

नेपालको व्यापार घाटा रहेको देशमा फ्रान्ससमेत रहेको छ । फ्रान्ससँग रु १६ अर्ब ४० करोड ११ लाख ४७ हजार बराबरको व्यापार घाटा रहेको छ । फ्रान्सबाट रु १७ अर्ब ३६ करोड ७९ लाख ७४ हजार बराबरको सामान आयात गर्दा रु ९६ करोड ६८ लाख बराबरको मात्रै सामान निकासी भएको छ । 

इण्डोनेसिया, थाइल्याण्ड, क्यानाडा, मलेसिया, स्विटजरल्याण्ड, संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, भियतनाम, साउदी अरब, युक्रेनलगायतका देशसँग पनि नेपालको व्यापार घाटा रहेको विभागको विवरणमा उल्लेख छ । 

नेपालको कूल व्यापार हुने मुलुकमध्ये बहामासमा रु आठ लाख ६९ हजार, यमन रु एक करोड ८२ लाख ८७ हजार, अल्जेरिया रु छ करोड ८६ लाख ४७ हजार, एन्टिगुआ र बर्मुडा रु दुई लाख ७८ हजार, न्यू क्यालेडोनिया रु एक करोड ६६ लाख ६१ हजार, गुयना रु २८ लाख ५१ हजार, अजरबैजान रु १८ लाख ८४ हजार र पानामा रु २३ लाख १६ हजार बराबरको सामान निर्यात भई नाफामा रहेको पाइएको छ । 

चालू आवको नौ महीनामा रु १० खर्ब ६१ अर्ब ६१ करोड १२ लाख चार हजार बराबरको आयात भएको छ । यस्तै सोही अवधिमा रु ६९ अर्ब ८२ करोड २३ लाख ४८ हजार बराबरको मात्रै सामान निर्यात भएको छ । व्यापार घाटा मात्रै रु नौ खर्ब ९१ अर्ब ७८ करोड ८८ लाख ५७ हजार बराबरको रहेको छ । 

विभागका अनुसार कूल ४६ मुलुकमा भने कुनै पनि मालवस्तु निर्यात हुन सकेका छैनन् । सार्क मुलुकमध्ये पाकिस्तानसँग पनि रु ४५ करोड १४ लाख ४६ हजार बराबरको व्यापार घाटा छ भने भूटानसँग रु एक अर्ब पाँच करोड ६० लाख ५५ हजार बराबरको घाटा रहेको छ । श्रीलङ्कासँग रु २१ करोड ७२ लाख ६८ हजार व्यापार घाटा रहँदा  अफगानिस्तानसँग भने रु एक करोड ४७ लाख ८४ हजार बराबरको नाफामा रहेको छ । 

यस्तै बङ्गलादेशसँग रु दुई अर्ब ४६ करोड सात लाख ५८ हजार बराबरको व्यापार घाटा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या