पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ११, काठमाडौँ | पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्बभन्दा बढी पुगेको छ । भेटी, विशेष पूजा, हुन्डीबाट १ अर्ब २१ करोड ३८ लाख ३१ हजार रुपैयाँ संकलन भएको हो ।

यही रकमबाट १ अर्बको अक्षय कोष स्थापना गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

श्रीपशुपतिनाथको गुठी जग्गा छानबीन तथा संरक्षण समितिले जग्गा छानबीन गर्ने क्रममा रकमको विवरण खुलेको कोषका कोषाध्यक्ष मिलनकुमार थापाले बताए ।

‘मन्दिरका नाममा उक्त रकम बचत देखियो,’ समितिका संयोजकसमेत रहेका उनले भने, ‘यसैबाट कोष स्थापना गरेका छौँ ।’