२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद एवं विज्ञहरुको सुझाव: प्रदेश नं ३ को नाम ‘गौरीशङ्कर’ राख्न सुझाव

२०७६, ११ जेष्ठ शनिबार १५:५७

जेठ ११, काठमाडौँ | प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।

प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रस्तावित नाममध्ये गौरीशङ्कर नाम उपर्युक्त हुने सुझाव दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश सांसद पशुपति चौलागाईं, पूर्वमन्त्री गणेश शाह, प्रदेश सांसदद्वय विशाल खड्का र दीपेन्द्र श्रेष्ठ, डा प्रदीप मैनालीसहितले प्रदेशभरको अपनत्व र प्रतिनिधित्व हुने साझा नाम गौरीशङ्कर हुने सुझाव दिनुभयो ।

सो नामकरणको निर्णय गर्न सांसद खड्काले गत साता प्रदेशसभामा प्रस्ताव दर्ता गराइसक्नुभएको छ । त्यसलाई कार्यान्वयन गर्न सबै प्रदेशमा समन्वय गर्नका लागि वरिष्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको जानकारी कार्यक्रममा दिइयो ।

“पवित्र हिमालको नाम भएको र नेपालको समय निर्धारणसमेत गौरीशङ्कर भएकाले यो नाम उपयुक्त हुन्छ भनेर हामीले अभियान थालेका हौँ”, कार्यक्रममा वरिष्ठ कलाकार एवं संयोजक श्रेष्ठले भन्नुभयो ।

नेता चौलागाईंले नाम र राजधानीको विषयमा प्रदेशसभाको यही अधिवेशनमा मतदान हुने औँल्याउँदै गौरीशङ्कर हुनसक्ने सम्भावना रहेको बताउनुभयो । काठमाडौँका प्रदेश सदस्य दीपेन्द्र श्रेष्ठले हिमालैहिमाल भएको प्रदेशमा हिमालबाटै नामकरण हुनु उपयुक्त हुने सुझाव दिनुभयो । प्रस्तावक सांसद खड्काले गौरीशङ्कर नामकरण गर्नुपर्ने आधार र कारणहरु राख्नुभएको थियो ।

डा मैनालीले गौरीशङ्करको महीमा पशुपतिदेखि त्रिशूलीसम्म जोडिएको प्रसङ्ग झिक्दै हिमालय पर्वत शृङ्खलाबाटै नामकरण गर्दा उचित हुने भएको धारणा राख्नुभयो । कार्यक्रममा शोभित उप्रेती, प्रवीण प्रधान, बालकृष्ण बस्नेत, दिलीप थापामगर, सन्तोष खड्का, टेकराज थामीसहितले यो प्रदेशको नामकरण हिमालबाटै गर्दा सर्वस्वीकार्य हुने भएकाले गौरीशङ्कर राख्न सुझाव दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी