मेसीले छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका हुन्। युरोपमा सञ्चालित शीर्ष लिगमध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई यो अवार्ड प्रदान गरिँदै आएको छ। मेसीले लगातार तेस्रो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मेसीले छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका हुन्। युरोपमा सञ्चालित शीर्ष लिगमध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई यो अवार्ड प्रदान गरिँदै आएको छ। मेसीले लगातार तेस्रो "/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेसीले छैटौं पटक युरोपेली गोल्डेन बुट जिते

११ जेष्ठ २०७६, शनिबार १८:०१

जेठ ११, बार्सिलोना " युरोपेली गोल्डेन बुट अवार्ड स्पेनिस महारथी बार्सिलोनाका कप्तान लियोनल मेसीले जितेका छन्।  

मेसीले छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका हुन्। युरोपमा सञ्चालित शीर्ष लिगमध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई यो अवार्ड प्रदान गरिँदै आएको छ। मेसीले लगातार तेस्रो सिजन यो अवार्ड जितेका हुन्। 

मेसीले यस सिजन स्पेनिस ला लिगामा ३४ खेल खेल्दै ३६ गोल गरेका थिए। मेसीले दोस्रो स्थानमा रहेका पेरिस सेन्ट जर्मन (पीएसजी)का युवा स्ट्राइकर केलियन एमबाप्पेलाई पछि पार्दै अवार्ड जितेका हुन्। एमबाप्पे मेसीसँग तीन गोलले पछि परेका थिए।

शुक्रबार राति भएको फ्रेन्च लिगको अन्तिम खेलमा लिग च्याम्पियन पीएसजी रेम्ससँग ३–१ गोलले पराजित भयो। यस खेलमा एमबाप्पेले एक गोल मात्र गरेका थिए। 

एमबाप्पेको एक गोल गोल्डेन बुटका लागि पर्याप्त भएन। यद्यपि एमबाप्पेलाई अन्तिम खेलमा मेसीलाई पछि पार्ने ठूलो अवसर थियो। स्पेनिस ला लिगाबाट मेसीले लगातार तेस्रो र समग्रमा छैटौं पटक गोल्डेन बुट हात पारेसँगै ला लिगाका खेलाडीले गोल्डेन बुट जितेको यो ११औं पटक हो।

गोल्डेन बुट जितेका मेसीले आपूmलाई च्याम्पियन्स लिगमा लिभरपुलविरुद्धको हारले सताइरहेको बताएका छन्। ‘मैले गोल्डेन बुटबारे त्यति सोचेको थिइनँ। मेरो दिमागमा अहिले लिभरपुलसँगको खेलबाहेक केही छैन। म अझै पनि लिभरपुलसँगको हारबारे सोचिरहेको छु’, मेसीले भनेका छन्। 

बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा लिभरपुलसँग नमीठो हार खेप्दै बाहिरिएको थियो।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट