2026-10-15 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिबि गुरुङको ‘फूल जस्तै’ मिलियन क्लबमा प्रवेश गर्दै (भिडियो सहित)

जेठ १२, काठमाडौँ | हिजोआज नेपाली लोक दोहोरी गीतलाई युटुवमा आम दर्शकको साथ मिलेको छ । यसै अवसरमा बिबि गुरुङको लोक दोहोरी गीत ‘फूल जस्तै’ ले पनि दर्शकको अपार साथ पाएको छ । 

निकै सुमधुर स्वर, राम्रो शब्द र भिडियोका कारण यो गीत चर्चाको शिखरमा छ । यो समाचार तयार पार्दासम्म ‘फूल जस्तै’ बोलको गीत युटुवमा ‘मिलियन क्लब’को निकै नजिक छ । यो गीत बैशाख २३ गते युटुवमा सार्वजनिक भएको हो ।

युटुवमा १० लाख भिजिटर पुगेपछि प्राय गीतलाई सफल मान्ने गरिन्छ । आइतबार बिहानसम्म (२० दिनमा) यो गीतले ९ लाख ७५ हजार भ्यु पाई सकेको छ । १२ सय भन्दा बढीले गीतमा प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया निकै सकारात्मक छन् ।

गायक बलबहादुर गुरुङको प्रस्तुतीमा ‘फूल जस्तै’ गत महिना बैशाख २३ गते सार्वजनिक भएको हो । उक्त भिडियो बिबि गुरुङको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा गायक तथा मोडल सुजन लम्सालको शब्द तथा संगीत रहेको छ भने गायक बल बहादुर गुरुङलाई ख्यातिप्राप्त गायिका विष्णु माझिको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतमा कोरस स्वर गायक प्रसाद खप्तरी मगर, यज्ञ बिक, बाबुकृष्ण परियार, गायिका मनमाया वाईबा, सरु थापा र बिन्दा परियारको रहेको छ । 

मौसम हिमालीको निर्देशनमा निर्माण भएको भिडियोमा ख्यातिप्राप्त नायक श्याम घिमिरे र जुना सुन्दासको नृत्य तथा अभिनय रहेको छ । श्याम घिमिरे लामो बर्षपछि लोकगीतको भिडियोमा फर्किएका हुन् । मारुनी स्टुडियोमा रेकर्ड गरिएको ‘फुल जस्तै’ गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् भने एरेन्जर कृष्ण बिकले गरेका छन् । 

उत्कृष्ट कोरस प्रस्तुति सहित ठूलो लगानीमा बनेको यो गित करन चैसिरको छायांकनमा बनेको हो भने प्रविन भट्टले सम्पादन गरेका हुन् । लामो समय पछि ‘फूल जस्तै’मा नृत्य गरेर पुन: लोकगीतमा फर्किएका नृत्यकार श्याम घिमिरेले आफूले निकै राम्रो गीत भएकोले यो गीतमा आफूले अभिनय गरेको बताएका छन् ।  उनले भने -‘लोक गीतको युग बदलिएछ, लोकगीतको भिडियो सुटिङ गर्दा ठूलो पर्दाको सिनेमामा सुटिङ गरेजस्तै अनुभव भएको बताए ।’

भिडियो सार्वजनिक कार्यक्रममा गायक बल बहादुर गुरुङले ‘फूल जस्तै’ बोलको गीतको भिडियो सार्वजनिक गर्दासम्म लगभग ६ लाख खर्च भएको बताएका थिए । उनले गीतले मागे जति कुरा दिने क्रममा ठूलो रकम खर्च भएको बताएका थिए ।  

हेर्नुस् ‘फूल जस्तै’ – भिडियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने