२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा जथाभावी चक्कु प्रहार, दुई जनाको मृत्यु, केही घाइते

२०७६, १४ जेष्ठ मंगलवार ०९:०२

जेठ १४, कावासाकी ।  जापानको राजधानी टोकियोको दक्षिणमा रहेको शहर कावासाकीमा चक्कुधारी एक व्यक्तिले मङ्गलबार बिहान एक १२ वर्षीया स्कुले छात्रा र एक पुरुषको हत्या गरेका छन् । चक्कु आक्रमणमा धेरै बालबालिका समेत एक दर्जनभन्दा बढी व्यक्तिलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

सडकमा जथाभावी चक्कु हिर्काउँदै हिँडेका ती व्यक्तिले अन्त्यमा आफैँलाई चक्कु हानी आत्महत्या गरेका थिए ।

टोकियोको दक्षिणतर्फ रहेको कावासाकी शहरमा यस्तो आपराधिक घटना यसअघि बिरलै देखिएको थियो । चक्कु प्रहार गर्ने व्यक्तिको मनसाय भने स्पष्ट हुन सकेको छैन ।

निप्पोन मेडिकल स्कुल मुसाशी कोसुगी हस्पिटलका उपनिर्देशक कियोशी मात्सुडाले १२ वर्षीया एक स्कुले बालिका र अर्का ३९ वर्षीय एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको बताउनुभयो ।

करिब ५० वर्षका आक्रमणकारीको पनि मृत्यु भएको छ । अस्पतालका अनुसार आक्रमणबाट कम्तीमा १६ जना घाइते भएका छन् ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले उक्त घटना अत्यन्त दुःखद रहेको बताउनुभयो । 

स्थानीय प्रत्यक्षदर्शीका अनुसार बस पर्खिरहेका स्कुले बालबालिका नजिक पुगेर ती व्यक्तिले एकाएक आक्रमण गर्न थालेका थिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह