२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल भारत जोड्ने पुलमा ताला

२०७६, १५ जेष्ठ बुधबार ०८:४०

नरेन्द्रसिंह कार्की, जेठ १५ दार्चुला । लेकम गाउँपालिका–३ लालीमा निर्माण गरिएको नेपाल भारत जोड्ने झोलुङ्गे पुलमा पाँच महीनादेखि ताला लगाइएको छ । पुल निर्माण सकिए पनि भारतीय पक्षले पुलमा नियमित आवागमनका लागि स्वीकृत नदिँदा ताला लगाइएको हो ।

नेपालको तर्फबाट पुलको सबै प्रक्रिया पूरा गरिएको छ तर भारतको पिथौरागढ जिल्लाका जिल्ला अधिकारीले पुलका लागि स्वीकृत दिइएको छैन । पटक पटक पुलको अनुगमन तथा निरीक्षण गरिए पनि नियमित सञ्चालन गर्न अनुमति नदिँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।

गत पुसमा निर्माण व्यवसायीले पुल निर्माण सम्पन्न भएको जानकारी गराएको हो । “महाकाली नदीमा दिनहुँ पानी बढेको छ, अहिले ट्युबबाट वारपार गर्नसमेत जोखिम बढेको छ”, स्थानीय माधवप्रसाद जोशीले भन्नुभयो, “बर्खा शुरु हुन थाल्यो, पुल सञ्चालन गर्नमा ढिलाइ गरिएको छ ।” अहिलेको समयमा ट्युबमार्फत् वारपार गर्दा कुनै घटना घटिहाले त्यसको जिम्मेवारी नेपाल भारत दुवै सरकारले लिनुपर्छ । 

“सर्वसाधारणलाई नेपाल–भारत आवतजावत गर्न ट्युब विस्थापन गरेर झोलुङ्गे पुल निर्माण भयो”, उहाँले भन्नुभयो, “तर, पाँच महीना भइसक्यो, ताला खुलेको छैन, माथि पुल छ । स्थानीयले झोलुङ्गे पुलको मुनि (तल)जोखिम मोलेर ट्युबमा वारपार गर्नुपरेको उहाँले बताउनुभयो ।”

अर्का स्थानीय लीला पुजाराले भन्नुभयो, “कसका कारणले पुलमा हिँड्न रोक लगाइएको हो जानकारी चाहिन्छ, नदी बढेको समयमा वारपार गर्न सकिँदैन, हाम्रो दैनिक उपभोग्य सामानदेखि बिरामी हुँदा त्यहीबाट वारपार गराउनुपर्ने बाध्यता कहिलेसम्म रहन्छ ।”

नेपालले झण्डै रु चार लाख लागतमा भारतीय पक्षको क्षेत्रमा पोष्ट निर्माण, तटबन्ध र बाटो बनाउनमा खर्च गरेको छ । “भारत सरकारले कहिले नेपालको बजेटमार्फत् पोष्ट, तटबन्ध बाटो बनाइदे भन्छ, कहिले कागज प्रक्रिया पुुगेन भनेर अलमल्याउँछ”, उहाँले भन्नुभयो, “जनतालाई मर्का हुने गरी काम गर्न पाइँदैन ।”

ट्युब विस्थापन गर्ने भन्दै निर्माण गरिएको झोलुङ्गे पुलमा ताला लगाउँदा अहिले पनि बिरामीले सास्ती भोगेका छन् । गत पुस पहिलो साता लालीस्थित छिरबिलामा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न गरिएको थियो । “पुल निर्माण भएपछि स्थानीयका दुःखका दिन गए सोचेका थियौँ”, स्थानीय तारा भण्डारीले भन्नुभयो, “तर पाँच छ महीनासम्म पनि झोलुङ्गे पुलमार्फत् आवतजावत गर्न दिइएको छैन, अझै नागरिकले कति दुःख पाउने हुन्, नदीको बहाव बढ्दै गएको छ, नदी बढेपछि ट्युब चलाउन समस्या हुन्छ ।”

यहाँ सञ्चालन हुँदै आएको ट्युब विस्थापन गर्न भन्दै विसं २०७३ असोज ४ गते कूल रु एक करोड ३२ लाख लागतमा मनोमालिका कन्सटक्र्सन निर्माण सेवाले पुल निर्माणको सम्झौता गरेको थियो । सो पुल निर्माण गरिएपछि लेकम र मालिकार्जुनका अधिकांश स्थानीयका लागि सहज हुने थियो तर अहिलेसम्म पुल सञ्चालन नहुँदा स्थानीय आक्रोशित बनेका छन् । 

लेकम गाउँपालिका–३ का वडाध्यक्ष राजेन्द्रप्रसाद जोशीले भन्नुभयो, “धेरै पटक जनता पुलको ताला काट्छौँ, आन्दोलन गर्छौं भन्छन्, अहिलेसम्म स्थानीयलाई रोकिएको छ तर अझै ढिला हुने हो भने जिम्मेवारी लिन सकिँदैन ।” विसं २०४८ सालबाटै पुल बन्छ भनेर आशामा बसेका नागरिकले झण्डै २७÷२८ वर्षपछि पुल देखे पनि आवतजावत गर्न नपाउँदा निरास छन् । 

जिल्ला प्रशासन कार्यालयले समेत पटक–पटक लिखित तथा मौखिकरुपमा भारतीय पक्षलाई पुलमा नियमित आवत जावतका लागि स्वीकृति दिन माग गरेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताउनुभयो । नयाँ आएका डिएमलाई समेत पुलको निरीक्षण तथा आवश्यक कागजात दिई सकिएको उहाँले जानकारी दिनुभयो । उहाँले आफूले अहिले पनि नियमितरुपमा पुलका लागि घच्घच्याउने काम गरिररहेको बताउनुभयो ।

बिरामी बोकेरै पिथौरागढ 

लेकम–३ का ६८ वर्षीय केशवदत्त पन्त मङ्गलबार बिरामी भएपछि स्वास्थ्यचौकी लालीमा उपचार सम्भव भएन् । मुटु रोगका बिरामी पन्तलाई ट्युबबाट भारत लिन सकिने अवस्था थिएन । नदी निकै बढेको थियो । 

नेपालतिर सडक निर्माण भइसकेको छैन । महाकाली करिडोर निर्माणाधीन अवस्थामा छ । स्थानीयको विगतदेखि नै मान्छे बिरामी हुँदा त्यही भारतीय स्वास्थ्य संस्थामा लिने गरिएको छ ।स्थानीयले नदीमा ट्युबमार्फत् वारपार गर्न नसक्दा पन्तलाई पिठ्युमा बोकेर पिथौरागढ उपचारमा लगिएको स्थानीय माधवप्रसाद जोशीले बताउनुभयो । 

लालीका स्थानीयलाई चौलानी नदीको पुल शेरासम्म पुग्नै चार पाँच घण्टा लाग्छ । त्यहाँबाट पनि बैतडीको झुलाघाटसम्म बोकेरै लग्नुपर्ने बाध्यता छ । “बैतडी झुलाघाट हुँदै पिथौरागढ अस्पताल लगियो, सामान्य बिरामी हुँदा यहाँका स्थानीयले सास्ती भोग्नुपरेको छ, गर्भवती महिला होस् वा बिरामी सजिलै अस्पताल पुग्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा