२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदीलाई जेट्लीको पत्र ‘मलाई मन्त्री नबनाउनु होला’

२०७६, १५ जेष्ठ बुधबार १८:१५

जेठ १६, नयाँदिल्ली  (रासस/एएनआई) | भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वास पात्र तथा पूर्ववर्ती सरकारका अर्थमन्त्री अरुण जेट्ली दोस्रो कार्यकालको मन्त्रिपरिषद्मा भने सहभागी नहुनु हुने भएको छ । 

बिहीबारदेखि शुरु हुन लागेको मोदीको दोस्रो कार्यकालमा उहाँ अस्वस्थताका कारणले सहभागी नहुनुहुने भएको हो । प्रधानमन्त्री मोदीलाई पत्र लेखेर उहाँले आफूलाई मन्त्री नबनाउन आग्रह गर्नुभएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

मन्त्रिपरिषद् गठनको छलफलमा रहनुभएका प्रधानमन्त्री मोदीलाई पठाएको पत्रमा जेट्नीले लेख्नुभएको छ, “मैले औपचारिक रुपमा यो पत्रमार्फत् तपाईसँग यो आग्रह गर्दछु की, अहिले म पूर्ण रुपमा स्वस्थ भइसकेको छैन, मेरो उपचार भइरहेको छ, त्यसैले नयाँ सरकारमा सहभागी हुनेगरी मलाई कुनै जिम्मेबारी नदिनु होला ।”

भारतीय जनता पार्टी (भाजपा)का ६६ वर्षीय नेता जेट्ली गत शुक्रबारदेखिको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित हुनुभएको छ । 

उहाँले पत्रमा अगाडि लेख्नुभएको छ, “गत १८ महीनादेखि मैले गम्भीर स्वास्थ्य समस्या झेल्दै आएको छु, मेरा चिकित्सकहरुले मलाई जिम्मेबारी नलिन सुझाव दिएका छन् ।”

आफूलाई निको भएपछि भविष्यमा अन्य जिम्मेबारीमार्फत् आफूले सहयोग गरिनै रहने पनि उहाँले उल्लेख गर्नुभएको छ ।  आफ्नो पार्टीले ३०३ सिट जितेर पार्टी कार्यालयमा भव्य विजय उत्सव मनाएको क्षण देख्ने अवसर गुमाउनु परेको स्मरण गर्नुभएको छ ।

विगत केही दिनदेखि नेता जेट्ली सार्वजनिक रुपमा देखिनु भएको छैन भने उहाँको स्वास्थ्य अवस्थालाई लिएर आम चासो पनि बढेको छ । 

भारतमा नक्कली मदिरा,सत्रको ज्यान गयो

भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु हुनुका साथैै अन्य ४० जना उपचारको क्रममा रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो ।

रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु भएको   हिजो जनाएका थिए ।  आज सो सङ्ख्या बढेर १७ पुगेको एक प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।  

 स्थानीय मिडियाले हिजो नै मदिरा सेवनका कारण १२ जनाको मृत्यु भएको बताएका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै बिरामीको उपचारमा सक्दो सहयोग गर्न स्थानीय प्रशासनलाई आदेश दिनु भएको थियो । सन् २०११ को डिसेम्बरमा पनि पश्चिम बङ्गालमा नक्कली मदिरा सेवनका कारण एक सय ७२ जनाको ज्यान गएको थियो । भारतका उत्तर प्रदेश, आसाम, उत्तराखण्ड, बिहार र पश्चिम बंङ्गाल लगायतका राज्यमा प्रचलनमा रहेको हानिकारक घरेलु मदिरा सेवनले वर्सेनि धेरैको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस