२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीमा ३६ हजार घूससहित वडा सदस्य पक्राउ

२०७६, १७ जेष्ठ शुक्रबार ०७:२७

 जेठ १७, गौशाला । महोत्तरी जिल्ला एकडारा गाउँपालिका–४ का एक जना वडा सदस्यलाई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ३६ हजार घूससहित पक्राउ गरेको छ ।

आयोगको बर्दिबास कार्यालयबाट प्रहरी नायब उपरीक्षक मधुकुमार थापा नेतृत्वको अख्तियारको टोलीले एकडारा गाउँपालिका–४ का वडा सदस्य रामचन्द्र राय यादवलाई ठेकेदारसँग घूस लिँदै गर्दा पक्राउ गरेको हो । सो गाउँपालिका–४ मा रु १० लाखको लागतमा निर्माण भइरहेको ‘जानकी धर्मशाला चकवा’ निर्माणमा वडा सदस्य यादवले ठेकेदारलाई घूस माग्दै निर्माणमा अवरोध गरिरहेको बेला ठेकेदारले ३६ हजार घूस दिने भएपछि वडा सदस्य यादवले निर्माण गराउन मानेको बताइएको छ । 

वडा सदस्य यादवले सो घूस रकम आफ्नो गाउँपालिकाको क्षेत्रभित्र नभएर जलेश्वर नगरपालिका–१ स्थित शलहेश चोकमा रहेको सनी किराना पसलमा लिने भनेपछि आज बिहान करीब ९ बजे अख्तियारको टोलीले सोही ठाउँबाट पक्राउ गरेको हो ।

वडा सदस्य यादवलाई आयोगको बर्दिबासको टोलीले आवश्यक कारवाहीका लागि आफूसँगै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ