३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानले विश्वकप क्रिकेटमा हारेपछि प्रशिक्षकको रहस्यमयी निधन

१८ जेष्ठ २०७६, शनिबार ०२:२४

जेठ १८, काठमाडौँ | विश्व क्रिकेट त्यति बेला स्तब्ध बनेको थियो, जति बेला जमैकाको होटलको कोठामा पाकिस्तानी प्रशिक्षक बब उल्मर अचेत भेटिए। किङ्सटन अस्पतालमा पुगेलगतै ५८ वर्षे उल्मरलाई मृत घोषित गरियो। दिन थियो, सन् २००७ मार्च १८।

सन् २००७ को विश्वकप वेस्ट इन्डिजमा आयोजना भएको थियो । कुनै समय उनी इङ्ल्यान्डको राष्ट्रिय टोलीका खेलाडी र दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका प्रशिक्षक पनि थिए । विश्व क्रिकेटमा उल्मरलाई अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट प्रशिक्षक मानिन्छ। उनले क्रिकेटमा प्रशिक्षणलाई नयाँ र फरक मोड दिएका थिए ।

मार्च १७ मा पाकिस्तान र आयरल्यान्डबीचको खेल थियो । उक्त खेलमा पाकिस्तानी टोली अप्रत्याशित रूपमा आयरल्यान्डसँग डकवर्थ एन्ड लेविस नियमका आधारमा तीन विकेटले पराजित हुन पुग्यो । सोही कारणले पाकिस्तान विश्वकपको उपाधि होडबाट बाहिरिन पुग्यो । त्यो हारले पाकिस्तानी क्रिकेटमा ठूलै खैलाबैला मच्चायो । पाकिस्तानी खेलाडी र पदाधिकारीहरूले हारको दोष प्रशिक्षक बब उल्मरमाथि थोपरे ।

विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी टोलीभित्रै असहज स्थिति सिर्जना भएको थियो । संयोगले पाकिस्तानी टोली विश्वकपबाट बाहिरिएको केही समयपछि नै मार्च १८ मा जमैकास्थित आफू बसेको होटलमा प्रशिक्षक बब उल्मरको रहस्यमयी तरिकाले निधन भयो । उनको मृत्यु शंकाको घेरामा पर्‍यो । प्रशिक्षक बब उल्मरलाई विष दिएर मारिएको आरोप लगाउनेको जमात पनि निकै ठूलो थियो ।

मृत्यु हुनुअघि बब उल्मरले बान्ता पनि गरेका थिए । सोही कारणले जमैकन प्रहरीले उनको मृत्युको विषयमा अनुसन्धान सुरु गर्‍यो । विश्वकप सकिएको लामो समयसम्म पनि उनको मृत्युको विषयमा अनुसन्धान जारी रह्यो । निकै लामो अनुसन्धानपछि जमैकन प्रहरीले बब उल्मरको स्वाभाविक मृत्यु भएको र उनको निधनमा कसैको हात नरहेको निष्कर्ष निकालेको थियो । 

उनको मृत्युपछि पनि विश्वकप चलिरह्यो। मृत्युको तीन दिनपछि पाकिस्तानले जिम्बावेविरुद्ध खेल्यो पनि। सन् १९९२ को विश्वकप विजयी पाकिस्तानी टिमका एक सदस्य इन्जमामले उल्मरको मृत्युको रात नै वान डे क्रिकेटबाटै संन्यास लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली