२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुरमा पानी बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२०७६, २० जेष्ठ सोमबार १४:४३

जेठ २०, काठमाडौँ । ललितपुरको गोदावारी नगरपालिका–१४ थैवमा पानी बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

बा२ख ७३५४ नंको ट्याङकरले बा५०प ३६७१ नं को मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक सोही ठाउँका ४० वर्षीय शिवरत्न शाहीको मेडिसिटी अस्पताल नख्खुमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ट्याङ्कर चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ । 

गाँजा खेती नष्ट 

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलका विभिन्न ठाउँमा लगाइएको गाँजाखेती आज प्रहरीले नष्ट गरेको छ । झण्डै एक हजार २०० रोपनीमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले जानकारी दिनुभयो । 

हवाई सुरक्षा थप प्रभावकारी बनाइने

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनबाट प्रतिपादित मापदण्डअनुसार नेपालको हवाई सुरक्षालाई थप प्रभावकारी बनाइने भएको छ । 

सङ्गठनको मापदण्ड, सिफारिस, निर्देशिका तथा नागरिक उड्डयनसम्बन्धी ऐन, नियम तथा राष्ट्रिय नागरिक उड्डयन सुरक्षाका प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रहरी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सम्झौता भएको हो । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र प्राधिकरणका निमित्त महानिर्देशक राजन पोखरेलले हवाई सुरक्षासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्नुभएको हो ।

प्राधिकरणका हवाई सुरक्षा निर्देशक देवचन्द्रलाल कर्णले विश्वका सम्पूर्ण हवाई क्षेत्रको नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा प्रतिपादित कानून सबै सदस्य राष्ट्रले अवलम्बन गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले नेपालका सबै विमानस्थलको सुरक्षा प्रदान गर्ने नेपाल प्रहरी र प्राधिकरणबीच भएको समझदारीले सबै विमानस्थलको सुरक्षा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा