२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेह्र जना लिएर उडेको भारतीय विमान सम्पर्कविहीन

२०७६, २० जेष्ठ सोमबार १६:११

जेठ २०, गुवाहाटी । भारतीय उत्तरपूवी राज्य आसामको जोरहातबाट चालकदलका सदस्यसहित १३ यात्रु लिएर सोमबार विहान उडेको भारतीय सैनिक विमान सम्पर्कविहीन भएको यहाँको रक्षा मन्त्रालयले बताएको छ ।

रूसमा बनेको एन्टोनोभ एएन–३२ विमान जोरहातबाट दिउसो १२ः२५ मा अरूणाञ्चल प्रदेशको मेचुकातर्फ उडेको मन्त्रालयले जनाएको छ ।

“विमानले पछिल्लो पटक दिउसो १ बजे विमानस्थलसँग सम्पर्क गरेको तर त्यसपछि सम्पर्कविहीन रहेकोछ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विमानमा चालकदलका आठ सदस्य र पाँच यात्रु रहेको मन्त्रालयको विज्ञप्तिमा जानकारी गराइएको छ । 

सैनिक प्रवक्ता लेफ्टिनेन्ट कर्नेल पी खोङसाईले सम्पर्कविहीन विमानलाई पत्ता लगाउन सम्भावित सवै उपायको अवलम्वन गरी खोजी जारी रहेको बताउनुभयो ।

विमान हराएको घण्टौँ वित्दासमेत विमान, चालक दलका सदस्य र यात्रुबारे कुनै सूचना नपाएपछि विमान दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । विमान दुर्घटनाग्रस्त भएको हो वा अन्य कुनै समस्याका कारण सम्पर्कमा आउन नसकेको भन्नेबारे प्रष्ट जानकारी आइसकेको छैन । रासस/एएफपी

भारतको तापक्रम अत्यधिक उच्च

चुरु, भारत, २० जेठ (रासस÷एएफपी) ः भारतको सुख्खा क्षेत्रमा पर्ने शहरको तापक्रम ५० डिग्री सेल्सीयस पुगेको छ ।

  पछिल्लो तीन दिनमा तापक्रम दोस्रो पटक यति धेरै बढेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

देशको राजस्थान प्रदेशमा पर्ने चुरुको तापक्रम ५०.३ डिग्री सेल्सीयस पुगेको समाचारमा जनाइएको छ ।

यसअघि गत शनिबार ५०.६ डिग्री सेल्सीयस पुगेको थियो । यो देशकै सवैभन्दा उच्च तापक्रमको नजिक पुगेको हो । 

भारतमा सन् २०१६ को मे महिनामा सर्वाधिक तापक्रम ५१ डिग्री सेल्सीयस मापन गरिएको अधिकारीहरुले जनाएका छन् । त्यतिबेला सर्वाधिक तापक्रम राजस्थानको फलोडी सहरमा मापन गरिएको हो । 

अत्यधिक तापक्रमका कारण गत आइतबार राजस्थानकै सिकर जिल्लामा एक जना किसानको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ । अरुको पनि मृत्यु भएको दावी गरिएको छ । 

भारतीय मौसम विभागले राजस्थान र मध्य प्रदेशमा धेरै दिनदेखि तापक्रम उच्च हुँदै आएको र यो अझै लगातार हुने जनाएको छ । नजिकैको प्रदेशहरु नयाँ दिल्ली र उत्तर प्रदेशमा समेत उच्च तापक्रमको प्रभाव पर्ने देखिएको अधिकारीहरुको भनाई छ । नयाँ दिल्लीमा सोमबार झण्डै ४० डिग्री तापक्रम महशुस गरिएको छ । 

“यो साच्चै अति उच्च तापक्रम हो, तर हामीले के गर्न सक्छौँ र ? आफ्नो काम गरिरहनु पर्छ,” एक स्थानीय लक्ष्मी जगदीशले भने ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह