2026-07-25 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शक्तिशाली भूकम्प आउने भविष्यवाणी गर्नेले आफ्नै भविष्य बिर्सेपछि…

अनिल अधिकारी | केहि दिनअघि शक्तिशाली भूकम्पको भविष्यवाणी गरेर चर्चामा आएका अर्जुन क्षेत्री यो लेख तयार पार्दासम्म जेलको चिसो खाईरहेका छन् ।  ‘भविष्यमा आउने भूकम्प देख्ने दावी गरेका अर्जुन क्षेत्रीले भूकम्पको अफवाह फैलाएकै कारण आफू पक्राउ पर्छु भन्ने चाही किन देखेनछन् ?’ आम जनताको प्रश्नको विषय बनेको छ ।  

जेठ महिनामा एकदमै ठूलो विनाशकारी भूकम्प आउँछ भनेर भ्रम फैलाएको भन्दै ‘ज्योतिष’ अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेपछी धेरैले पक्राउ गरेर राम्रो गरेको भन्दै प्रशंशा गरेका छन्, केहि भने उनको भविष्यवाणीकै मितिसम्मको लागि मौन बसेका छन् । त्यस्तो त यस अघि पनि बिभिन्न निराधार भ्रम फैलाएको भन्दै अन्य ज्योतिषहरुलेनै उनलाई माफी माग्न लगाएका थिए । उनले केहि दिन अघि भूकम्पको भविष्यवाणी गर्ने क्रममा मान्छेहरुलाई भूकम्प अघिनै सचेत पार्न भविष्यवाणी गरेको बताएका थिए । उनले जेठ महिनाभर शक्तिशाली भूकम्प जाने बताएका थिए । 

भविष्यवाणीसँग जोडिन सक्ने केहि तथ्य 

चार बर्ष अघि मात्र विनाशकारी गोरखा भूकम्प गएको कहालीलाग्दो अनुभव बटुलेका हामी नेपालीमध्ये धेरैलाई अर्जुनको भविष्यवाणीले त्रसित बनायो । उनले गरेको भविष्यवाणीको अन्तर्वार्ता जसरी लाखौले हेरे सोहि दिन आम जनतामा भाइरल भएको थियो । त्यसो त अर्जुनका भविष्यवाणी मिल्नको लागि जेठ महिनाभरी १/२ मात्र भूकम्पको धक्का मात्र महशुस भएपनि हामी धेरैलाई उनि भगवान मान्न पछी पर्दैनौं । त्यसो त उनले भविष्यवाणी नगर्दा पनि भूकम्पको पराकंप मासिक रुपमै जारी छ । जेठ महिनाको पछिल्लो २० दिनमा मात्र ५ भूकम्पको धक्का गईसकेका छन् । जसमा जेठ ३ गते धादिङ केन्द्रविन्दु बनाई ५ रेक्टरको धक्का गयो । त्यसपछि जेठ ७ गते लम्जुंगलाई केन्द्र बनाई ४.१ रेक्टरको धक्का गयो । त्यसपछि जेठ ११ गते रामेछाप केन्द्र बनाई ४.९ रेक्टरको धक्का गयो ।  त्यसपछि बझांग केन्द्र बनाई जेठ ११ गते नै ४.३ रेक्टरको भूकम्पको धक्का गयो । त्यस्तै जेठ १६ गते मुगु केन्द्र बनाई ४.६ रेक्टरको धक्का गयो । यदी बैशाख २०७६ मा ४ रेक्टर भन्दा माथिको भूकम्पको रेकर्ड हेर्ने हो भने ७ वटा धक्का गएका छन् । 

त्यस्तै यदी पछिल्लो ४ रेक्टर माथिका १२ पटकको भूकम्पको धक्काको स्थिति हेर्दा काठमाडौँबाट पश्चिमतर्फ केन्द्र बनाई १० भूकम्पको धक्का गएका छन् । जुन झन्डै ८५% भन्दा बढी हो । बाँकी २ भूकम्प मात्र पूर्व केन्द्र बनाई गएका छन् । अब यहाँ अर्जुन क्षेत्रीको चतुर्याई स्पष्ट के हुन्छ भने उनले पछिल्लो भूकम्पको रेकर्डहरुलाई आधार मानेर नै पश्चिम केन्द्रविन्दु बनाई भूकम्प जान्छ भन्दै भविष्यवाणी गरेको हुनसक्ने देखिन्छ । त्यसमा पनि समाचार पढ्ने र मिडियाबाजीमा अगाडी आएका क्षेत्रीले केहिदिन अघि केहि भूगर्भवीदको अनुसन्धानलाई पनि आधार मानेर पश्चिममा भूकम्प जाने भविष्यवाणी गरेका हुन सक्छन् भन्ने आधारहरु छन् । विज्ञहरुलेनै महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने बताईरहेको कुरा हो । 

वैशाखमा एक समाचारमा भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका प्रा डा हरिहर पौडेलले २०४५ सालमा पूर्वको धरान केन्द्र बनाई ६.४ रेक्टरको भूकम्प गएको भन्दै अब भूकम्पको जोखिम पश्चिममा रहेको बताए । उनको आंकलन अनुसार धरानको भूकम्पपछि गोरखा अनि त्यसपछि त्यस्तै दुरीमा पश्चिममा भूकम्प जान्छ भन्ने अनुमान हो । यो अनुमान सत्य हुन्छ भन्न सक्ने कुनै आधार पनि छैन । त्यसपछि अन्य समाचारमा पनि देश तथा विदेशका बिज्ञहरुले पश्चिम मा भूकम्पको जोखिम रहेको बताएका छन् । जसलाई क्षेत्रीले आफ्नो अभिव्यक्तिमा घुसाएर अफवाह फैलाएको मान्न सकिन्छ । २०७२ देखि लगातार पराकम्प जारी रहेको अवस्थामा उनको अफवाहपछि जेठ महिनाभरी एक न एक पराकम्प जाने निश्चित नै छ । अलि बढीनै हल्लायो त पश्चिमतिरै भूकम्पले केन्द्रविन्दु बनेमा अर्जुन क्षेत्रीको मूल्य र आफैलाई बुद्ध र भगवानसँग दाज्दै आएका क्षेत्रीको सान/मान अझै बढ्ने देखिन्छ । 

भविष्यमा हाम्रो देशमा भूकम्प आउला कि नआउला भन्ने प्रश्न आमा जनतामा गडिएर बसेको गम्भीर छ । ४ रेक्टर मापन भएका भूकम्पका पराकंपको शंख्या हरेक महिना ७/८ पटक भईराख्दा र वैज्ञानिक अनुसन्धानले समेत नेपाल विश्वमा भूकम्प जाने देशमध्ये एउटा प्रमुख देशको रूपमा पत्ता लगाइसकेको अवस्थामा भविष्यमा भूकम्पको खतरा उत्तिकै छ । ४ रेक्टर माथिका भूकम्पको रेकर्ड हुने भए पनि त्यो भन्दा मुनिका भूकम्प नेपालमा अहिले दैनिक ५/६ वटा धक्का गईरहेकै छन् । निरन्तर धक्काई गईरहेको बेला भूकम्प जान्छ भनेर भविष्यवाणी गर्नु ठूलो कुरा होइन । किनकी भविष्य वाणी होस् नहोस् नेपालमा भविष्यमा पनि भूकम्प आइरहने निश्चितनै छ । मात्र कुरा के हो भने २०७२ वा त्यो भन्दा ठूलो आउने हो कि भन्ने डर मुख्य हो । त्यसो त अहिलेको वैज्ञानिक र प्राविधिक युगमा भूकम्पबाट बच्न न भविष्यवाणीको भर हुन्छ नत यसले आफू आउन लागेको भनेर कुनै पूर्व-संकेतनै गर्छ । त्यसैले पनि अर्जुन क्षेत्रीको भविष्यवाणी नितान्त उनको ठगि खान रचिएको जाल हो आरोप पनि लागेको छ । फेस रिडीङ गरेर मानिसको भुत, वर्तमान र भविष्य पत्ता लगाईदिन्छु भन्दै उनले मोटो रकम अशुली गर्ने गरेको बिषय पनि सामाजिक संजालमा आईरहेकै कुराहरु हुन् । 

वास्तवमा भन्नुपर्दा भूकम्प जानु भनेको अनिश्चित र विशुद्ध प्राकृतिक प्रकोप हो । यदी भूकम्प जान्छ भन्ने अफवाह फैलाउने क्षेत्रीले साच्चै भविष्यवाणी गरेको हो भने त्यो दिन ‘आफू यही अफवाह फैलाएको कारण जेल पर्नेछु’ भन्दै भविष्यवाणी गर्न किन सकेनन् ? 

Photo Credit: TV Annapurna | Thumbnail photo is edited by Photohop.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल