2026-06-28 09:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप क्रिकेटः रोहितको २३ औं सतकीय पर्दर्शन, दक्षिण अफ्रिका ६ विकेटले पराजित

जेठ २३, काठमाडौँ | इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ ।

बुधबार भएको खेलमा दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो । जितको लागि भारतका रोहित शर्मा एक्लैले अविजित रहेर १२२ रन जोडे । उनले १४४ बलमा १३ चौका र २ छक्कासहित १ सय २२ रनको योगदान गरे । साउथह्याम्पटनमा दक्षिण अफ्रीकाले दिएको २२८ रनको विजयी लक्ष्य भारतले ४७ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गरेको हो । खेलको अन्त्यतिर भारतको लागि हार्दिक पाण्डेले अत्यन्त राम्रो ब्याटिङ गरे । 

खेलमा महेन्द्र सिंह धोनीले ३४ रन जोडे भने लोकेश राहुलले २६ रन बनाए । त्यस्तै कप्तान विराट कोहली १८ रन मात्र बनाउन सके । अर्का खेलाडी शिखर धवनले ८ रन मात्र जोडेका थिए । खेलमा भारत विरुद्ध दक्षिण अफ्रीकाका कागीसो राबडाले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले सर्वाधिक ४२ रनको योगदान गरे । यस्तै कप्तान फाफ डु प्लेसिसले ३८, एण्डिले फेलुकवाओले ३४, डेभिड मिल्लरले ३१ तथा कागीसो राबडाले ३१ रनको योगदान गरे ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ भारतका लागि युजबेन्द्र चाहलले सर्वाधिक ४ विकेट लिँदा भुवनेश्वर कुमार र जसप्रित बुमराहले दुई-दुई विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी