१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

इटहरीका मेयरलाई कारबाही गर्न सांसद गुरुङ र परियारको माग

२४ जेष्ठ २०७६, शुक्रबार ०४:२६

चिसाङ शेर्पा | जेठ २४, खोटाङ | पत्रकारको नाकको डाँडी भाँच्छु भन्ने मेयरलाई फौजदारी अपराध अन्तरगत कारवाही गरिनुपर्ने प्रतिनिधिसभा सांसद हिरा गुरुङले बताएकी छिन् । दुई तिहाईको दम्भमा जनतालाई धाक/धम्की दिने, कुटपिट गर्ने, मार्ने के यो कानुनमा छ ? छुट छ ? बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रश्न गर्दै नेपाली कांग्रेसकी सांसद गुरुङले यसलाई फौजदारी अपराध अन्तरगत तत्काल कानुनको दायरामा ल्याउनु पर्ने बताएकी हुन् ।

इटहरीका पत्रकार विराट अनुपमलाई इटहरी उपमहानगरपालिकाको मेयर द्वारिकालाल चौधरीले  चाटुकार पत्रकार भनेपछि अनुपमले त्यो बुझ्न खोज्दा ‘तेरो नाकको हड्डी भाँच्नका लागि १ करोड र एकवटा घडेरी छुट्याएको छु ।’ भनेर धम्की दिने मेयरको प्रस्तुतीप्रती आपत्ती जनाउदै सांसद गुरुङले कारवाहीको माग गरेकी हुन् ।

यस्तै, नेपाली कांग्रेसकी सांसद सुजाता परियारले इटहरीको मेयरलाई कारबाहीको माग गरेकी छिन् । प्रतिनिधिसभा बैठकमा परियारले ‘इटहरीका प्रमुखको हर्कत के हो ?’ भन्दै प्रश्न उठाएकी हुन् । इटहरीको मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्ने सार्वजनिक चेतावनी दिएका थिए । उनले न्यूज ट्वान्टीफोर टेलिभिजनको कार्यक्रममा समेत पत्रकारलाई लखेट्ने धम्की दिएका थिए ।

‘दसौं करोडौं खर्च गरेर पनि सिध्याउँछु भन्नु कुन लोकतान्त्रिक विधिभित्र पर्दछ । लोकतान्त्रिक विधि र पद्धति समाप्त भएकै हो त’, कांग्रेस सांसद परियारले भनिन् ’अन्यथा राज्य छ भने तत्काल कारबाही गरेर राज्य भएको अनुभूति दिलाउन सभामुख मार्फत् आग्रह गर्दछु ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट