पढ्न करिब 1 मिनेट लाग्छ

जेठ २५, काठमाडौँ | चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ (परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन् ।

उनलाई नेपालमा आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाइएको थियो । सुनिताको स्थायी घर सिन्धुपाल्चोक हो ।

काठमाडौँमा आमा र बहिनीसँग बसेर पढ्दै गरेकी उनलाई केही दलालले चीनको हङकङमा काम गरेर चाँडै धनी हुने सपना देखाए । बुबा अर्को बिहे गरी छुट्टै बस्दै आएकाले सुनिता उनकी आमा र बहिनीले कठिन जीवन बिताइरहेका थिए ।

हङकङ गएर पैसा कमाउने र घरपरिवारलाई पनि केही आडभरोसा दिने सपना बोकेर चिनियाँ युवकसँग बिहे गरेर आएकी सुनिता चार वर्ष आठ महिनासम्म चरम हिंसा र दमन सकेर खाली हात नेपाल फर्किएकी छिन् ।

- यो समाचार आजको नागरिक दैनिकमा चेतनाथ आचार्यले लेखेका छन् ।