विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ अभियान जस्तोसुकै प्रतिकुल अवस्थामा सञ्चालन गरिँदा जनचेतना जगाउन फलदायी भएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ अभियान जस्तोसुकै प्रतिकुल अवस्थामा सञ्चालन गरिँदा जनचेतना जगाउन फलदायी भएको छ"/>
2026-07-11 01:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सफाइ अभियान जारी

2019-06-08


जेठ २५ , काठमाडौँ |प्रत्येक हप्ताको शनिबार झैँ आज पनि उपत्यकाका वाग्मतीलगायत सहायक नदी र चक्रपथ सफाइ अभियानले निरन्तरता पाएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ अभियान जस्तोसुकै प्रतिकुल अवस्थामा सञ्चालन गरिँदा जनचेतना जगाउन फलदायी भएको छ ।जनस्तरबाट शुरु भएको अभियानमा विशेषगरी स्थानीय सरकारले सहयोग नगर्दा सोचे अनुरुपको काम भने हुन नसकेको सफाइ अभियानकर्मीले बताएका छन् । वाग्मती सफाइ माहाअभियानको ३१७औँ हप्तामा मीनभवन पुल अघिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा काठमाडौँ महानगरपालिका लगायत २४ संस्थाका ५०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अभियानकर्मी माला खरेलले बताउनुभयो । 

अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख आशिष घिमिरे, काठमाडौँ महानगरपालिका वडा नं. ३१ का अध्यक्ष नारायण भण्डारीको पनि सफाइमा सक्रियता थियो । सफाइ अभियानमा सहयोग गर्नुभएका महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख गोविन्द काफ्ले सरुवा हुनुभएकाले आज बिदाइ समेत गरिएको थियो ।  

रुद्रमती सफाइको २७१ हप्तामा वातावरण दिवसको अवसर पारेर रातोपुलबाट नदी किनारका विभिन्न भाग परिक्रमा गरी जनचेतनामूलक ¥याली निकालिएको थियो । ¥यालीको शुभारम्भ सांसद गगनकुमार थापाले गर्नुभयो । ¥यालीको समापन प्रदेशसभा सदस्य नरोत्तम वैद्यले गर्नुभएको थियो ।

 विष्णुमती सफाइ अभियानको २४४ हप्तामा टेकु कालिमाटी क्षेत्रस्थित नदी किनारका स्थानीयवासीलाई सफा गर्न बाहिर निकालिएको संयोजक शोभाकान्त पाण्डेले बताउनुभयो । शोभाभगवती मुनिको विष्णुमती धेरै फोहर भए पनि स्थानीयवासी सफाइ सक्रिय नभएकाले बाहिर निकाल्ने कार्यक्रम आयोजना गरिएको हो । सो क्रममा मरेर नदीमा फालिएका पाँच कुकुरलाई सफाइका क्रममा खाडल खनेर पुरिएको थियो । 

 वाग्मती तिलगङ्गा खण्ड सफाइको २१८औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक आशा पाण्डेले बताउनुभयो । वाग्मती सुन्दरीघाट खण्ड सफाइको १२७औँ हप्तामा चोभार गणेशस्थान क्षेत्रमा सफाइ गरी दुई टन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले जानकारी दिनुभयो । 

चक्रपथ सफाइ अभियानको ११४औँ हप्तामा माछापोखरी चोक गङ्गा हल हुँदै माछापोखरी चोकसम्म सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । चक्रपथ वाफल खण्ड सफाइको ९५औँ हप्तामा कलङ्कीबाट सोल्टी दोबाटोसम्म सफाइ गरी एक ट्रक फोहर व्यवस्थापन गरिएको छ । उपत्यकाका गुह्येश्वरी माथिको वाग्मती क्षेत्र, आलोकनगर, मनोहरा लगायत स्थानमा पनि आज सफाइ गरिएको जनाइएको छ । |(प्रत्येक हप्ताको शनिबार झैँ आज पनि उपत्यकाका वाग्मतीलगायत सहायक नदी र चक्रपथ सफाइ अभियानले निरन्तरता पाएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ अभियान जस्तोसुकै प्रतिकुल अवस्थामा सञ्चालन गरिँदा जनचेतना जगाउन फलदायी भएको छ ।

जनस्तरबाट शुरु भएको अभियानमा विशेषगरी स्थानीय सरकारले सहयोग नगर्दा सोचे अनुरुपको काम भने हुन नसकेको सफाइ अभियानकर्मीले बताएका छन् । वाग्मती सफाइ माहाअभियानको ३१७औँ हप्तामा मीनभवन पुल अघिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा काठमाडौँ महानगरपालिका लगायत २४ संस्थाका ५०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अभियानकर्मी माला खरेलले बताउनुभयो । 

अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख आशिष घिमिरे, काठमाडौँ महानगरपालिका वडा नं. ३१ का अध्यक्ष नारायण भण्डारीको पनि सफाइमा सक्रियता थियो । सफाइ अभियानमा सहयोग गर्नुभएका महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख गोविन्द काफ्ले सरुवा हुनुभएकाले आज बिदाइ समेत गरिएको थियो ।  रुद्रमती सफाइको २७१ हप्तामा वातावरण दिवसको अवसर पारेर रातोपुलबाट नदी किनारका विभिन्न भाग परिक्रमा गरी जनचेतनामूलक ¥याली निकालिएको थियो । ¥यालीको शुभारम्भ सांसद गगनकुमार थापाले गर्नुभयो । ¥यालीको समापन प्रदेशसभा सदस्य नरोत्तम वैद्यले गर्नुभएको थियो ।

विष्णुमती सफाइ अभियानको २४४ हप्तामा टेकु कालिमाटी क्षेत्रस्थित नदी किनारका स्थानीयवासीलाई सफा गर्न बाहिर निकालिएको संयोजक शोभाकान्त पाण्डेले बताउनुभयो । शोभाभगवती मुनिको विष्णुमती धेरै फोहर भए पनि स्थानीयवासी सफाइ सक्रिय नभएकाले बाहिर निकाल्ने कार्यक्रम आयोजना गरिएको हो । सो क्रममा मरेर नदीमा फालिएका पाँच कुकुरलाई सफाइका क्रममा खाडल खनेर पुरिएको थियो ।  वाग्मती तिलगङ्गा खण्ड सफाइको २१८औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक आशा पाण्डेले बताउनुभयो । वाग्मती सुन्दरीघाट खण्ड सफाइको १२७औँ हप्तामा चोभार गणेशस्थान क्षेत्रमा सफाइ गरी दुई टन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले जानकारी दिनुभयो । 

चक्रपथ सफाइ अभियानको ११४औँ हप्तामा माछापोखरी चोक गङ्गा हल हुँदै माछापोखरी चोकसम्म सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । चक्रपथ वाफल खण्ड सफाइको ९५औँ हप्तामा कलङ्कीबाट सोल्टी दोबाटोसम्म सफाइ गरी एक ट्रक फोहर व्यवस्थापन गरिएको छ । उपत्यकाका गुह्येश्वरी माथिको वाग्मती क्षेत्र, आलोकनगर, मनोहरा लगायत स्थानमा पनि आज सफाइ गरिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट