२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा कलाकारसहित ३२ नेपाली पक्राउ

२०७६, २७ जेष्ठ सोमबार ०२:०९

जेठ २७, काठमाडौँ | सांगीतिक कार्यक्रमका लागि भनी आएका कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ । 

‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन् ।

उनीहरुमाथि अध्यागमन कानुन उल्लंघन गरेको आरोप लागेको छ । कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका २० पुरुष र १२ महिलालाई पुत्राजयस्थित अध्यागमनको हिरासतमा राखिएको जानकारी आएको नेपाली दूतावासले जनाएको छ ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

स्याटेलाइट खरिदः भ्रष्टाचारको आरोप लागेको कम्पनीसँग सम्झौताको तयारी

भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालले स्याटेलाइट खरिद सम्झौता गर्ने भएको छ । 

तीन महिनाअघि समझदारीपत्रमा हस्ताक्षर भइसकेको यो कम्पनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणकाक्रममा सम्झौता गर्ने तयारी छ ।

हतियार, अन्तरिक्ष र सुरक्षासम्बन्धी सामान उत्पान गर्ने थेल्स ग्रुपको पृष्ठभूमि विवादास्पद छ । कम्बोडियामा एक आयोजनामा भ्रष्टाचार गरेको भन्दै थेल्स ग्रुपअन्तर्गतको थेल्स इन्जिनियरिङ कन्सल्टिङ कम्पनीलाई विश्व बैंकले सन् २००४ मा एक वर्ष कालोसूचीमा राखेको थियो ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट