पढ्न करिब 2 मिनेट लाग्छ

जेठ २८, काठमाडौँ | स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरण आशंकामा अनुसन्धान सुरु भएको छ । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ ।

‘फूलको आँखामा फूलै संसार’ गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको विनियम दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेका हुन् ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन् ।

यस अघि आनीलाई उक्त रकम हङकङस्थित ‘एसेट म्यानेजमेन्ट कम्पनी’मा कार्यरत एक ब्यक्तिले पठाएको बिषयमा समाचार आएको थियो । एकै किस्तामा ठूलो रकम आउनु शंकास्पद भएको भन्दै मेगा बैंकले नेपाल राष्ट्र बैंकको वित्तिय एकाइलाई जानकारी गराएको थियो । यस विषयमा सम्पत्ति शुद्धिकरण विभागले छानवीन गर्दै रहेको छ । एक बर्षअघिको यो घटना एकाएक समाचारका रुपमा बहिर आएको थियो ।

गायिका आनीले भने आफूले बिशुद्ध सामाजिक सेवाका लागि रकम ल्याएको बताउँदै आएकी छन् । आनीले होटल र अन्य सामाजिक क्षेत्रमा लगानी गर्नका लागि छुट्टै ४० करोड रुपैयाँ नेपाल ल्याउन राष्ट्र बैंक र उद्योग विभागबाट समेत स्वीकृति लिइसकेकी बताएकी छन् ।