२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३ जनासहित वेपत्ता विमानको भग्नावशेष भेटियो

२८ जेष्ठ २०७६, मंगलवार १६:५१

जेठ २८, नयाँ दिल्ली (रासस/एएफपी) | भारतीय अधिकारीहरूले एक हप्ता पहिले १३ जनासहित वेपत्ता भारतीय विमानको भग्नावशेष भेटिएको बताएका छन् ।

विमानको भग्नाबशेष भारतको उत्तरपूर्वी अरूणाञ्चल प्रदेशको हिमाली क्षेत्रमा चीनको सीमा नजिकै भेटिएको भारतीय अधिकारीले बताए ।

तत्कालिन सोभियत सङ्घमा निर्मित भारतीय हवाई बल (आइएएफ) को एमआई–१७ हेलिकोप्टर गत जुन ३ गते चालकदलका आठ र पाँच सर्वसाधारण यात्रु लिएर उडेको करिब ३५ मिनेटपछि विमानस्थलसँग सम्पर्कविच्छेद भएको थियो । आइएएफले ट्वीटरमार्फत सम्प्रेषण गरेको सन्देशमा भनिएको छ, “ गत जुन ३ मा वेपत्ता विमान एएन–३२ को भग्नाबशेष मङ्गलबार करिब १२ हजार मिटरको उचाईमा भारतीय हिमाली क्षेत्रमा भेटिएको छ । 


“विमानको भग्नावशेष भेटिएसँगै विमानमा रहेका चालक दलका सदस्य र सर्वसाधारण यात्रुको अवस्थाबारे वास्तविकता पत्ता लगाउन प्रयास जारी रहेको छ,” आइएएफको ट्वीटर सन्देशमा उल्लेख छ । 

वेपत्ता विमानको खोजी प्रयासमा कठिनाई भएपछि भारतीय अधिकारीले विमानको अवस्थाबारे सूचना ल्याउने व्यक्तिलाई पाँच लाख ५० हजार भारतीय रूपैँयाको पुरस्कार घोषणा गरेको थियो ।

प्रशासनले उक्त क्षेत्रका गाउँले प्रमुखलाई खोजीका लागि समूह बनाएर विमान वेपत्ता भएको अनुमान गरिएकोे मेचुका जङ्गल क्षेत्रमा जान निर्देशन गरेको थियो । 

सन् २०१६ मा पनि चेन्नईबाट अन्दामन र निकोबार टापूतर्फ उडेको विमान बङ्गालको खाडीमाथिबाट २९ जना यात्रुसहित वेपत्ता भएको थियो जसकोे बारेमा अहिलेसम्म कुनै जानकारी भेटिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य