२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुठी विधेयक : काठमाडौँमा विरोध हुँदा दाङमा किन भयो पक्षमा प्रदर्शन ?

२०७६, ३२ जेष्ठ शनिबार ०१:३५

जेठ ३२, काठमाडौं । गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को दाङमा भने विधेयको पक्ष्ँमा जुलुस र सभा भएको छ ।

राजधानीमा चलिरहेको आन्दोलनमा विधेयकले धर्म, संस्कृति र सभ्याता नै सिन्धायने भन्दै फिर्ता गर्नुपर्ने माग भइरहेको छ ।

दाङको आन्दोलनले सामन्ती संरचनाबाट बनेका गुठीहरुको शोषण अन्त्य गर्ने भन्दै विधेयक जस्ताको तस्तै पारित गर्नुपर्ने माग राखेको छ ।

आखिर विधेयकको पक्ष र विपक्ष दुवैखालले आन्दोलन एकै पटक किन उठ्यो ?

विधेयकले गुठीहरुको प्रकृति कस्तो हो छुट्याएको छैन । नेपालभर रहेका गुठीलाई एकै खालको ठानेर व्यवस्ति गर्ने भनियो । गडबडीको शुरुवात त्यहीँबाट भएको छ ।

कुनै गसठी विगतमा सामन्ती संरचनाका कारण बनेका छन् कुनै जात्रापर्व, रीतिरिवाज सञ्चालन गर्ने उद्देश्यले । यसलाई विधेयकले एउटै डालोमा हालेको छ ।

काठमाडौँको विपरित तर्क दाङमा उठेको छ । सयौँ विघा जग्गा गुठीमा रहने तर त्यसको खनजोत गर्ने व्यक्तिचाहिँ गुठीलाई कुत बुझाउँदा बुझाउँदै वर्षौँदेखि कङ्गाल भइरहनुपर्ने उनीहरुको तर्क छ ।

दाङमा उठेको आन्दोलनमा नेकपाका नेताहरुसमेत सहभागी छन् । ‘काठमाडौँ र हाम्रोमा भएका गुठीको प्रकृति नै फरक छ । त्यहाँ स्वर्गद्वारी गुठीको करिब १२ सय बिघा जमिनमा थारुहरुले दुःख गर्दै आएका छन्, आएको कमाइजति त्यहाँ पुजारी महन्तलाई बुझाउँदै ठिक्क छ,’ दाङको आन्दोलनमा सहभागी भएकी नेकपा सांसद शान्ता चौधरीले भनिन्, ‘वर्षौंदेखि दुःख गर्दा पनि त्यहाँका गरिबलाई टाउको लुकाउने बास छैन । पुजारीहरु महलमा बस्छन् । काठमाडौँमा आन्दोलन गर्नेहरुले दाङमा गएर त्यहाँका मानिसको पीडा सून्नुभयो भने आँखाबाट आँसु आउँछ ।’

राजधानीको आन्दोलनमा धर्म र संस्कृतिको सवाल बढी आएको छ भने दाङमा यो विषय जग्गा प्राप्तिसँग जोडिएको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा विस्तृतमा पढ्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ