2026-07-24 09:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्प प्रभावितलाई छुट तथा पुनःसर्वेक्षणको लागि असार १५ गतेसम्म म्याद थपियो

जेठ ३२, काठमाडौँ | छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत स्थलगत लगत  सङ्कलन असार १५ गतेसम्म हुने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने समय तोकेको थियो । सबै जिल्लामा लगत सङ्कलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले राससलाई जानकारी दिनुभयो । 

जेठ मसान्तभित्र दर्ता गरी कार्यविधि अनुसार सिफारिश प्राप्त भएका गुनासाको सर्वेक्षणका लागि समय थप गरिएको उहाँले बताउनुभयो । हालसम्म प्राधिकरणको केन्द्रीय सूचना प्रणालीमा भूकम्प प्रभावित जिल्लाबाट ६० हजार गुनासोकर्ताको विवरण प्राप्त भएको छ । 

प्राधिकरणले असार १५ गतेसम्म आ–आफ्नो क्षेत्रमा खटिएका प्राविधिकमार्फत लगत सङ्कलन गराउन गुनासोकर्तालाई आग्रह गरेको छ । वास्तविक पीडितको यथार्थपरक लगत सङ्कलनमा सहयोग गर्न र वैकल्पिक बासको व्यवस्था भएकालाई सर्वेक्षणमा समावेश नगर्न भूकम्प प्रभावित स्थानीय तहका पदाधिकारीलाई प्राधिकरणले अनुरोध पनि गरेको छ ।

गैरपीडितलाई सिफारिश गरेको पाइएमा सिफारिशकर्तालाई कारवाही गरिने प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताउनुभयो । निजी आवास पुनःनिर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराई पहिलेको मुख्य सर्वेक्षणमा छुटेकाको मात्र यसपटक लगत सङ्कलन गरिने जनाइएको छ । सर्वेक्षणबाट थप यकिन गर्नुपर्ने भनी तोकिएका गुनासोकर्ताको हकमा मात्र सर्वेक्षण भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक