२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ

२०७६, १ असार आईतवार ०९:१८

असार १, ग्वाटेमाला । मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुले होन्डुरसबाट ग्वाटेमाला प्रवेश गर्नेगरी बसमा यात्रा गरेको बताइएको छ । प्रवक्ता कास्टिल्लोले पक्राउ परेकामा छ जना महिना र एक जना बच्चा पनि रहेको जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये २० जना हैटीका र चार जना गिनीका रहेका छन् ।

प्रहरीले पक्राउ गरिएका सबै आप्रवासीलाई ग्वाटेमालाको राजधानीस्थित अस्थायी शिविरमा ल्याइएको जनाएको छ ।

गत वर्ष मेक्सिको–अमेरिका सीमामा भेला भएका ठूलो संख्याका आप्रवासीहरु ग्वाटेमाला हुँदै गएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई नरोके अमेरिकी सहायता बन्द गर्ने चेतावनी दिनुभएको छ ।

गत शुक्रबार पनि प्रहरीले क्यामरुन र बुर्किनाफासोका १३ जना आप्रवासीलाई ग्वाटेमालाको सीमामा पक्राउ गरिएको थियो । (रासस/एएफपी

कोपा अमेरिका फुटबल, अर्जेन्टिना स्तब्ध

ब्राजिल । लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित भएको छ । 

विगत २० वर्षमा पहिलो पटक कोलम्बियासँग अर्जेन्टिना पराजित भएको हो । यस खेलमा कोलम्बियाका लागि रोजर मार्टिनेज र डुभान जापाटाले खेलको उत्तरार्धमा गोल गर्नुभएको थियो । 

खेलमा पराजित भएपछि प्रतिक्रिया दिँदै मेस्सीले कोलम्बियासँग पराजित हुँदा दुःख लाग्नु स्वाभाविक भएको बताउनुभयो । उहाँले अर्जेन्टिनाले गोल गर्ने अवसर पाएको तर त्यसलाई गोलमा परिणत गर्न नसकेको बताउनुभयो ।

अर्जेन्टिनी टिममा विश्वप्रसिद्ध फुटबल खेलाडी रहेका छन् । स्पेनी क्लब बार्सिलोनाका फर्वार्ड समेत रहेका मेस्सी सहित म्यान्चेस्टर सिटीका फर्वार्ड सर्जियो अग्वेरो र पेरिस सेन्ट जर्माइनका फर्वार्ड एन्जेल डी मारिया पनि अर्जेन्टिनी अग्रपंक्तिमा थिए । खेलपछि अग्वेरोले हामीले यस्तो शुरुआत चाहेका थिएनौं भन्नुभयो । 

अर्जेन्टिनी आक्रमणलाई कोलम्बियाका गोलरक्षक डेभिड ओस्पिनाले निस्तेज पार्नुभएको थियो । 

कूल १२ टिम सहभागी रहेको कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समूह ख मा अर्जेन्टिना सहित कोलम्बिया, पाराग्वे र कतार रहेका छन् । समूह क मा भने ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया तथा समूह ग मा उरुग्वे, चिली, जापान र इक्वेडर रहेका छन् । 

कोपा अमेरिका फुटबल प्रतियोगिता यो सहित ब्राजिलमा पाँचौं पटक हुँदैछ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे