२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक सवारी साधनमा पाकेट मार्ने ८२ जना पक्राउ

२०७६, १ असार आईतवार १०:४४

असार १, काठमाडौँ । नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोशाकमा खटिएको टोलीले जेठ महीनामा काठमाडौँका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ७८ पुरुष र चार महिलालाई पक्राउ गरेको हो । 

परिसरले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा चल्ने बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुको पकेट तथा झोलामा रहेको नगद, मोबाइल तथा गरगहना चोर्दाचोर्दै पक्राउ गरिएको जानकारी दिएको हो । 

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले विभिन्न बसमा दुई जनाका दरले समूह बनाएर बसभित्र छिरेर पैसा भएको यात्रु पत्ता लगाई ठेलमठेल गरेर नगद तथा गरगहना चोर्ने गरेको अनुसन्धानमा खुल्न आएको बताउनुभयो । “पाकेटमारी गर्दा साङ्केतिक भाषा प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । प्रहरीले यसभन्दा पहिला पनि काठमाडौँका विभिन्न भागबाट १०० भन्दाबढी पाकेटमारीलाई पक्राउ गरेको थियो । 

प्रहरीले पाकेटमारी गर्दागर्दैै विभिन्न व्यक्तिबाट रु छ लाखभन्दा बढी बरामद गरेकामा सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । प्रहरीले पाकेटमारीबाट २१ थान मोबाइल, दुई थान ल्यापटपसमेत बरामद गरेको छ । पहिलोपटक पाकेटमारी गर्नेलाई एक महीना जेल र बिगो बराबरको जरिवाना साथै दोस्रोपटक पाकेटमारी गर्नेलाई दुई महीना कैद, बिगोबमोजिमको जरिवाना वा दुवै सजाया हुने व्यवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु