२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली सरकारले ल्यायो चालुको भन्दा ६ अर्ब बढी बजेट

२०७६, १ असार आईतवार १६:१२

दलसिंह गिरी | असार १, सुर्खेत | कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागी चालु आर्थिक बर्षको बजेट भन्दा झण्डै ६ अर्ब बढीको बजेट ल्याएको छ । चालु आर्थिक बर्षमा करिव २८ अर्ब बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि करिव साढे ३४ अर्बको बजेट ल्याएर हो । कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतबार कर्णाली प्रदेश सभामा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट प्रस्तुत गरेका छन् । कर्णाली प्रदेश सरकारले चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगत तर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार बजेट विनियोजन गरिएको छ ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७मा विशेष गरी  ऊर्जा उत्पादन तथा विद्युतीकरणमा विशेष चासो दिएको छ । यस्तै खानेपानी, सिंचाइँ, बस्ती बिकास र सूचना प्रविधी पूर्णधार बिकासलाई बजेटमा उच्च प्राथमिकता राखिएको छ । 

यस्तै शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, सामाजिक सुरक्षा यूवा उद्यमशीलता तथा खेलकूद प्रबद्र्धनलाई पनि बजेटको प्राथमिकतामा राखेको सरकारले कृषि, जडिबुटी पानी, वनपैदावार जस्ता स्थानीय उतपादनलाई अभिबृद्धि गर्ने खालका कार्यक्रमलाई बजेट मार्फत प्राथमिकता राखेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशज्वालाले बताए । 

आगामी आर्थिक वर्षको लागि आन्तरिक राजस्वबाट २५ करोड, चालु आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने रकम ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुन आएको रकम ७ अर्ब ४४ करोड ४३ लाख र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु. ९ अर्ब ८४ करोड ८३ लाख र सशर्त अनुदानबाट रु. ५ अर्ब २७ करोड २७ लाख बजेट रहेको ज्वालाले बताए । 


प्रदेश सरकारले १ अर्ब ८१ करोड २२ लाख रुपैयाँ समपूरक र विशेष अनुदानबाट प्राप्त गर्ने अनुमान गरेको छ भने प्राकृतिक स्रोतको रोयल्टीबाट २ करोड ७४ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको, ७५ करोड आन्तरिक ऋण परिचालनबाट व्यहोर्ने गरी आगामी आर्थिक बर्षको बजेट ल्याएको ज्वालाले बताए ।

संघीय सरकारबाट प्राप्त आनुदान, राजश्व बाँडफाँडबाट प्राप्त रकम, बिशेष अनुदान तथा समपुरक बजेट र आन्तरिक राजस्व समेत गरी उक्त बजेट तयार पारिएको मन्त्री ज्वालाले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म