2026-07-24 07:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुठी विधेयकको विरोधमा पशुपति क्षेत्रमा प्रदर्शन

असार ३, काठमाडौँ  | श्री पशुपतिनाथ ग्वल पुचः समाजले गुठी विधेयकको विरोधमा पशुपतिनाथ मन्दिरबाट सांस्कृतिक झाँकी र बाजागाजासहित प्रदर्शन गरेको छ । 

 विहान पशुपतिनाथ मन्दिरबाट शुरु भएको झाँकीसहितको प्रदर्शन जयबागेश्वरी–सिफल–लामपोखरी–चाबहिल गणेशस्थान–चाबहिल चोक–मित्रपार्क–जयबागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरको दक्षिणढोका अघिको भण्डारी गुठी घर आई सभामा परिणत भएको थियो । प्रदर्शनमा सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापा, प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौँ महानगरपालिका वडा नं ७ र ८ का निर्वाचित जनप्रतिनिधिलगायत सहभागी हुनुभएको थियो ।

 सहभागीले नेपालको मौलिक जीवन्त सांस्कृतिक जात्रा पर्व मास्न पाइँदैन, गुठी विधेयकका नाममा धर्म संस्कृति नाशिन दिँदैनौँ, गुठी विधेयक फिर्ता गर लगायत नारा लगाएका थिए । सांसद थापा, प्रदेशसभा सदस्य वैद्यलगायतले गुठी विधेयकका नाममा मौलिक सम्पदामाथि आक्रमण हुन लागेकाले फिर्ता लिनुपर्नेमा जोड दिनुभएको थियो । 

 पशुपति क्षेत्रमा अमालकोट कचहरी कार्यालय, जयबागेश्वरी भण्डार तहविल कार्यालय, पशुपति भण्डार तहविल कार्यालय नामका पशुपतिसँग सम्बन्धित गुठी छन् । यस अलावा निजीस्तरबाट खुलेका जात्रा पर्व एवं संस्कारसम्बन्धी सयौँ गुठी रहेको पुचः समाजका अध्यक्ष केदारमान भण्डारीले बताउनुभयो । 

 पशुपतिका नाममा रहेका तीनै वटा गुठी विसं २०५५ देखि पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालनमा रहेको छ । त्यसअघि तीनवटै कार्यालय बेग्लाबेग्लै सञ्चालन हुने गरेको अमालकोट कचहरी कार्यालयका गणेश श्रेष्ठले बताउनुभयो । पशुपतिका तीनै गुठी छुट्टै सञ्चालन हुँदा यसको रेखदेख मूलभट्टले गर्ने परम्परा थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक