२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन केहि दिनमै, दुइ नयाँ कोच सार्वजनिक

२०७६, ३ असार मंगलवार ०८:०९

असार ३, काठमाडौँ | गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो 'द भ्वाईस अफ नेपाल'को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुँदैछ । दोस्रो सिजन नाजिकैनै लाग्दा युनिटले राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै दुइ नयाँ कोच सार्वजनिक गरिएको छ ।


दोस्रो सिजनमा दुइ नयाँ र दुइ पुराना कोच रहने आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । द भ्वाईस अफ नेपालको पहिलो सिजनमा कोच बनेका पप गायक सनुप पौडेल र रक गायिका अभया सुब्बा (स्टिम इन्जिन) दोश्रो सिजनबाट हटाईएका हुन् ।


पहिलो सिजनका बाँकी दुई निर्णायक बरिष्ट गाएक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोश्रो सिजनमा पनि रहेका छन् । यस अघिको कोच सनुप पौडेलको ठाउँमा मँगोलियन हार्टका गायक पप गायक राजु लामालाई अनुबन्धित गरिएको छ भने, रक गायिका अभया सुब्बाको स्थानमा पप गायिका आस्था राउतलाई कोचको रुपमा अनुबन्धित गरिएको छ । केही समयदेखि अमेरिका बस्दै आएका राजु लामा यही कार्यक्रमका लागि नेपाल आएका छन् ।  पप व्यान्ड मँगोलियन हार्टका भोकलिस्ट लामा अहिलेको पुस्ता माँझ पनि उत्तिकै परिचित छन् । 

तश्वीरमा: गायक राजु लामा र गायिका आस्था राउत 

उमेरले ४० वर्ष पुगेका राजु बिगत अढाई दशकदेखि नेपालीमा सक्रिय छन् । केहि समय अगाडी मात्र उनले सांगीतिक यात्राजी २५ औ वर्षको खुसियाली कन्सर्ट गर्दै साटेका थिए । सन १९९४ मा पहिलो गीतिसँग्रह सोलुसन निकालेर गायन यात्रा सुरु गरे पनि दोश्रो गीतिसँग्रह मँगोलिन हार्टको तिमीलाई देखेर हिमाल हाँसेको‘गीत मार्फत राजु श्रोता माँझ परिचित मात्र होइन् , स्थापित नै भएका थिए । उनले व्यान्ड ग्रुपसँग मिलेर १० भन्दाबढी गीति संग्रह दर्शक तथा श्रोता माँझ ल्याईसकेका छन् । यसैगरी अर्की कोच आस्था पनि एक दशकदेखि गायनमा सक्रिय छिन् ।  संगीतिक घरनाकी आस्थाका बुबा हरिबहादुर राउत अग्रज लोक गायक हुन् । उनले एक दशक अघि सालको पात टपरी गाँसेर‘ गीतको रिमिक्स भर्सन मार्फत गायन यात्रा सुरु गरेकी हुन् । 

साँगीतिक यात्राको क्रममा उनको फिल्म मायाज बारको माया यो माया‘ढुवानी फिल्मको छलक लछक लगायतका गीत अत्यधिक सफल छन् । पप गायन तर्फ आस्थाका चौबन्दीमा पटुका बाँधेको‘, झुम्के बुलाकी‘गीत सर्वा्धिक हिट छन् । साथै ,  आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रायोजकसँग हस्ताक्षर पनि गरियो । आगामी साउनको पहिलो साताबाट भ्वाईस अफ नेपाल सिजन २ हिमालयन टेलिभिजनबाट प्रशारण हुँदैछ । दोस्रो सिजनमा द भ्वाईस अफ नेपाललाई टाइटल स्पोन्सरको रुपमा युनाईटेड सिमेन्टले साथ् दिएको छ ।  साथै , सह प्रायोजकको रुपमा एनआइसी एशिया बैंक र आइएनजी ग्रुप रहेका छन् । यसैगरी भोटिङ्ग तथा पेमेन्ट पार्टनरको रुपमा प्रभु पे रहेको छ । कार्यक्रम निर्देशकको रुपमा अघिल्लो सिजना झैँ लक्षमण पौडेल रहेका छन् ।

लक्ष्मण पौडेल, कार्यक्रम निर्देशक स् पहिलो सिजनको सफलताले हामीलाई सफलतासंगै जिम्मेवारी पनि थपेको छ । यसपटक अझै चुनौती महसुश गरेको छु । अघिल्लो सिजन भन्दा यसलाई अझै परिस्कृत रुपमा ल्याउने कोसिस रहनेनै छ । पहिलो सिजनबाट पाएको दर्शकको माया र विश्वासलाई अझै बढाउने हर प्रयास रहनेछ । साथै , प्रस्तुतीकरणका हिसाबले त्यो भन्दा उत्कृष्ट शो दिने प्रतिबद्धता व्यक्त गर्दछौ । 

श्याम गुरागाईं , भाइस प्रेसिडेन्ट ( हिमालयन एचडी टिभी ) ( विश्वकै नम्बर एक गायन रियालिटी शो हाम्रो टिभीबाट प्रशारण गर्न पाउदा निकै उत्साहित छौ । पहिलो सिजनले यसलाई नेपालमा स्थापित गरिसकेको छ भने यो सिजनले दर्शकको संख्या बढाउनेमा विश्वस्त छौ । बढी भन्दा बढी दर्शकले शो लाइ हेर्नेछन , त्यसैले हामीले यसका लागि प्राइम टाइम छुट्याएका छौ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा