२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हायात होटल अनिश्चितकालका लागि बन्द

२०७६, ३ असार मंगलवार १४:२८

सीबी अधिकारी, असार ३, काठमाडौँ  । राजधानीको पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको छ । मजदूर आन्दोलनका कारण विगत छ दिनदेखि होटल सेवा प्रभावित भएको थियो । व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरेको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई पठाएको छ ।

सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले गत जेठ ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । व्यवस्थापन पक्षले भने मजदूर बिनाशर्त काममा फर्किनुपर्ने अडान लिएको छ । दुवै पक्षको अडानका कारण होटल बन्द भएको हो । मजदूरको आन्दोलनका कारण होटल सञ्चालनको वातावरण नरहेकाले अनिश्चितकालका लागि सेवा बन्द गरिएको होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले राससलाई जानकारी दिनुभयो ।

“प्रशासनले दुई पटक सूचना जारी गरी काममा फर्कनुस् भन्दा उहाँहरु (मजदूर, कर्मचारी)ले मान्नुुभएन, पाहुनाको सुरक्षा त गर्नैप¥यो, त्यसैकारण सेवा बन्द गरिएको हो, बुकिङ रद्द गरी यहाँ भएका पाहुनालाई अन्यत्र सारिएको छ,” उहाँले भन्नुभयो । मजदूर बिनाशर्त काममा फर्किएको अवस्थामा मात्रै होटल सञ्चालन गर्न सकिने व्यवस्थापनको तर्क छ । हायात इन्टरनेशनललाई सुरक्षाको सुनिश्चितता नभएसम्म सेवा सञ्चालनमा कठिन हुने निर्देशक परियारको भनाइ छ । 

उहाँका अनुसार छ दिनदेखि होटलको सेवा प्रभावित हुदाँ दैनिक रु ५० लाखका दरले करीब रु चार करोडको क्षति भएको छ । होटल पूर्ण क्षमतामा सञ्चालनमा आउन करीब छ महिना लाग्ने बताइएको छ । मजदूरले खाइपाई आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरेकाले बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले बताउनुभयो । 

होटलको ‘स्टे वार्ड’ का १५ कर्मचारी दुई दिन अनुपस्थित भएपछि गत जेठ २९ गते स्पष्टिकरण सोधिएको र सोही बहानामा मजदूरले आन्दोलन चर्काएको व्यवस्थापनको जिकिर छ । मजदूरले भने व्यवस्थापनले श्रम ऐनको पालना नगरी सुविधाको सट्टा जबरजस्ती पेल्न खोजेकाले समस्या आएको बताएका छन् । मजदूर र व्यवस्थापनबीचको टक्करले होटल बन्द हुने अवस्था सिर्जना हुनु मुलुकको पर्यटन क्षेत्रका लागि दुःखद् भएको व्यवसायीहरु बताउँछन् । 

नेपाल भ्रमण वर्ष सन् २०२० अभियानको सन्दर्भमा पाँचतारे होटल बन्द हुनुले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश गएको छ । होटल व्यवसायीको छाता सङ्गठन (हान)ले सञ्चालनमा रहेको होटल बन्द हुनु दुःखद् भएको र सञ्चालनका लागि पहल गरिरहेको जनाएको छ । पछिल्लो समयमा होटल व्यवस्थापनले निरन्तर घाटा देखाएर सरकारी स्वामित्वको तारा गाउँ विकास समितिलाई कम सेयर दिएपछि होटल विवादित बन्दै आएको थियो । होटललाई सेयर संरचना परिवर्तन गरेर सरकारी सेयर ३९ प्रतिशतबाट नौ प्रतिशतमा झारेको र ३०४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ ।

हायातको व्यवस्थापन भारतीय लगानीकर्ता राधेश्याम सर्राफ नेतृत्वले गर्दै आएको थियो । दुई सय ८० शय्याको होटलमा करीब ४०० मजदूर कार्यरत छन् । हायातमा रहेका पाहुनालाई दरवारमार्ग स्थित होटल याक एण्ड यतीमा सारिएको बताइएको छ । हानका अनुसार अहिले मुलुकभर १० वटा पाँचतारे होटल सञ्चालनमा छन् । उपत्यकामा मात्रै हायातसहित सात वटा पाँचतारे होटल सञ्चालनमा थिए । थप सात वटा पाँचतारे होटल छिट्टै सञ्चलनमा ल्याउने गरी निर्माण भइरहेको छ । काठमाडौँ बाहिर पोखरामा दुई तथा नेपालगञ्ज र भैरहवामा एक÷एक वटा पाँचतारे होटल सञ्चालनमा छन् । अन्तर्राष्ट्रिय चेन होटल सेराटन, हिल्टनलगायत निर्माणका क्रममा छन् । केही महिनाअघि मेरियट होटल पनि सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा