२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पद्वारा फेरी राष्ट्रपति बन्न औपचारिक रूपमा प्रचार अभियान शुरु

२०७६, ४ असार बुधबार १६:३१

 असार ४ वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन प्रचारप्रसार अभियान औपचारिक रुपमा शुरु गर्नुभएको छ । 

आगामी सन् २०२० मा हुने निर्वाचनको प्रचारप्रसार अभियान उहाँले मङ्गलबार राति फ्लोरिडाको ओल्र्याण्डोबाट शुरु गर्नुभएको हो ।

ओल्र्याण्डोमा आयोजित ¥यालीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मैले अमेरिकाको राष्ट्रपतिमा अर्को एक पटक निर्वाचित हुनका लागि आजदेखि औपचारिक रुपमा प्रचार अभियान शुरु गरेको छु ।”

सम्बोधनका क्रममा उहाँले फ्लोरिडा राज्य आफ्नो “दोस्रो घर” भएको बताउँदै समर्थकहरूलाई अर्को चार वर्षका लागि “एक ढिक्का रहन” आग्रह पनि गर्नुभयो । 

बलियो अर्थतन्त्र र आप्रवासीबारे कडा नीतिका कारण आफ्नो पहिलो कार्यकाल सफल भएको दाबी गर्दै उहाँले आफू सधैँ अमेरिकी जनतालाई प्राथमिकता दिने पक्षमा रहेको बताउनुभयो । 

थप चार वर्षको कार्यकालका लागि राष्ट्रपति बन्न खोज्नु भएका ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरुको चर्को आलोचना गर्नुभयो । 

प्रारम्भिक मत सर्वेक्षणले डेमोक्र्याटिक तर्फका सम्भावित उम्मेदवारभन्दा उहाँ पछाडि रहेको देखाएकाले ट्रम्प उनीहरुप्रति थप आक्रोशित भएको बताइएको छ । 

सन् २०१६ को चुनावमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५औँ राष्ट्रपति बन्नु भएको थियो । अहिले शुरु भएको चुनावी ¥यालीमा प्रथम महिला मेलानिया ट्रम्प पनि सहभागी हुनुभएको थियो ।

अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक खटाउने

वासिङटन, ४ असार (रासस-एपी) – संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा थप एक हजार जना सैनिक पठाउने तयारी गरेको जनाएको छ । 

इरानसँग पछिल्लो समयमा तनाव उत्पन्न भइरहेकै बेला अमेरिकाको यो निर्णय आएको अधिकारीहरुले जनाएका छन् । 

अमेरिकी कार्यबाहक रक्षामन्त्री प्याट्रिक सानाहनले सो जानकारी दिनुभएको अमेरिकी अखबारहरुले जनाएका छन् । 

कार्यबाहक रक्षामन्त्री प्याट्रिकले भन्नुभएको छ– मैले मध्यपूर्वमा प्रतिरक्षात्मक प्रयोजनका लागि थप एक हजार जना सैनिक पठाउने अनुमति दिएको छु । 

ती सैनिक हवाई र स्थल सैन्यसमेत रहेका उहाँले जानकारी गराउनुभएको छ । उहाँले यस विषयमा पहिले नै अमेरिकी प्रशासनले सहमति दिइसकेको जानकारी एक विज्ञप्तिमार्फत गराउनुभएको हो ।

उहाँले ती सैनिकहरु अमेरिकी केन्द्रीय सैन्य कमाण्ड (सेन्टकोम)को अनुरोधमा पठाइएको जानकारी पनि दिनुभएको छ । 

यतिखेर अमेरिकाको इरानसँगको सम्बन्ध झन नराम्रो बन्दै गएको छ । यस शत्रुतापूर्ण सम्बन्धका कारण इरानीहरुले मध्यपूर्वमा अमेरिकी सैनिकलाई पनि धाकधम्की देखाउने गरेकाले थप सैन्य पठाउनु परेको उहाँले बताउनुभयो । 

कार्यबाहक रक्षामन्त्री प्याट्रिकले भन्नुभयो– हामी इरानसँग कुनै पनि किसिमको शत्रुता चाहँदैटनौँ, तर पनि हामीमाथि भएका यी विरोधी क्रियाकलापहरुको भने हामीले राम्रैसँग अनुगमन गरिरहेका छौँ ।

खाडी राष्ट्र ओमानमा हालैमात्र दुई ओटा तेल ट्यांकरमाथि आगलागी भएको थियो । ती ट्यांकरमा अज्ञात व्यक्तिहरुले हमला गरी आगो लगाएका थिए । 

उक्त हमलाको केही दिनपछि अमेरिकी प्रशासनको यो निर्णय आएको छ किनभने ओमानमा भएको सो हमला इरानले गरेको अमेरिकी प्रशासनले दाबी गरेको छ । 

त्यहाँ यसअघि पनि अमेरिकी सैन्य खटि आएका छन् । अमेरिकाले थप एक हजार जना पठाउने निर्णय गरेको हो ।अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक खटाउने

वासिङटन, ४ असार (रासस-एपी) – संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा थप एक हजार जना सैनिक पठाउने तयारी गरेको जनाएको छ । 

इरानसँग पछिल्लो समयमा तनाव उत्पन्न भइरहेकै बेला अमेरिकाको यो निर्णय आएको अधिकारीहरुले जनाएका छन् । 

अमेरिकी कार्यबाहक रक्षामन्त्री प्याट्रिक सानाहनले सो जानकारी दिनुभएको अमेरिकी अखबारहरुले जनाएका छन् । 

कार्यबाहक रक्षामन्त्री प्याट्रिकले भन्नुभएको छ– मैले मध्यपूर्वमा प्रतिरक्षात्मक प्रयोजनका लागि थप एक हजार जना सैनिक पठाउने अनुमति दिएको छु । 

ती सैनिक हवाई र स्थल सैन्यसमेत रहेका उहाँले जानकारी गराउनुभएको छ । उहाँले यस विषयमा पहिले नै अमेरिकी प्रशासनले सहमति दिइसकेको जानकारी एक विज्ञप्तिमार्फत गराउनुभएको हो ।

उहाँले ती सैनिकहरु अमेरिकी केन्द्रीय सैन्य कमाण्ड (सेन्टकोम)को अनुरोधमा पठाइएको जानकारी पनि दिनुभएको छ । 

यतिखेर अमेरिकाको इरानसँगको सम्बन्ध झन नराम्रो बन्दै गएको छ । यस शत्रुतापूर्ण सम्बन्धका कारण इरानीहरुले मध्यपूर्वमा अमेरिकी सैनिकलाई पनि धाकधम्की देखाउने गरेकाले थप सैन्य पठाउनु परेको उहाँले बताउनुभयो । 

कार्यबाहक रक्षामन्त्री प्याट्रिकले भन्नुभयो– हामी इरानसँग कुनै पनि किसिमको शत्रुता चाहँदैटनौँ, तर पनि हामीमाथि भएका यी विरोधी क्रियाकलापहरुको भने हामीले राम्रैसँग अनुगमन गरिरहेका छौँ ।

खाडी राष्ट्र ओमानमा हालैमात्र दुई ओटा तेल ट्यांकरमाथि आगलागी भएको थियो । ती ट्यांकरमा अज्ञात व्यक्तिहरुले हमला गरी आगो लगाएका थिए । 

उक्त हमलाको केही दिनपछि अमेरिकी प्रशासनको यो निर्णय आएको छ किनभने ओमानमा भएको सो हमला इरानले गरेको अमेरिकी प्रशासनले दाबी गरेको छ । 

त्यहाँ यसअघि पनि अमेरिकी सैन्य खटि आएका छन् । अमेरिकाले थप एक हजार जना पठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा