2026-06-28 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप २०१९ मा भारतीय बलर शमीद्वारा पहिलो ह्याट्रिक, अफगानिस्तान ११ रनले पराजित

असार ८, काठमाडौँ | विश्वकपको २८ औं खेलमा सनिबार भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको छ । भारतले पहिले ब्याटिङ गर्ने निर्णय लिंदै अफगानिस्तानलाई जीतको लागि २२५ रनको लक्ष्य दिएको थियो, तर उक्त लक्ष्य अफगानिस्तानले अन्तिम १ बल बाँकी छंदा २१३ रन मात्र बनाउन सकेर पराजित हुन पुग्यो । 


अन्तिम ओभरमा जीतको लागि अफगानिस्तानलाई १६ रनको आवश्यक थियो, तर ओभरको पहिलो बलमा ४ रन मात्र बन्न सक्यो । अन्तिम ओभरमा मोहम्मद नबी, आफताब आलम र मुतीब उर रहमान लगातार तीन बलमा आउट हुन पुगे । खेलमा शमीले विश्वकप २०१९ को पहिलो ह्याट्रिक गरे । यस अघि भारतका चेतन शर्माले 1987 मा न्यूजील्याण्ड बिरुद्ध खेल्दा पहिलो पटक ह्याट्रिक लिएका थिए । खेलमा अफगानिस्तानका लागि मोहमद नबिले अर्धशतकीय पारी खेले । ५५ बल खेलेका उनले ४ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाए । 


त्यस्तै रहमत शाहले ३६ रन जोड्दा कप्तान गुल्बदीन नइबले २७, नजिवगल्हा ज्रर्दान २१ त्था रशिद खानले १४ रनको योगदान गरे । बलिङतर्फ भारतका लागि मोहमद शमीले सर्वाधिक चार विकेट लिए । त्यस्तै जस्प्रित बुम्राह, युज्भेन्द्र चहल र हार्दिक पान्ड्याले समान दुई–दुई विकेट लिए । 


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२४ रन बनायो । भारतका लागि कप्तान विराट कोहली र केदार जाधवले अर्धशतकीय पारी खेले । ६३ बल खेलेका विराटले ५ चौकाको सहयोगमा ६७ रन पूरा गरे । ६८ बल खेलेका केदार जाधवले ३ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाए । भारतका लागि केएल राहुल ३० रन जोड्दा विजय शंकर २९ र महेन्द्र सिंह धोनीले २८ रन जोडे ।   

बलिङतर्फ अफगानिस्तानका लागि गुल्बदीन नइब र मोहम्मद नाबीले दुई–दुई विकेट लिए । त्यस्तै रहमत शाह, रशिद खान, आफताव आलम र मुजीब उर–हमानले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी