२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरान पूर्ण रुपमा ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

८ असार २०७६, आईतवार ०२:५८

असार ८, वासिङ्टन (एजेन्सी) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नचाहेको तर इरानले युद्ध सुरु गर पूर्णरूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।

एनबीसीसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले ‘अमेरिका इरानसँग वार्ता गर्न तयार रहेको तर कुनै पनि हालतमा परमाणु हतियार निर्माण गर्न नदिने ’बताए । राष्ट्रपति ट्रम्पले यसअघि ‘इरानमाथि आक्रमण गर्ने योजना अन्तिम समयमा स्थगित गरिएको ’दाबी गरका थिए । तर १५० इरानी सर्वसाधारणको मृत्यु हुने देखिएपछि आक्रमण योजना अन्तिम समयमा रोकिएको ट्रम्पले बताए ।

इरानी नेतालाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, ‘तपाईंहरूले परमाणु हतियार निर्माण गर्न पाउनुहुन्न । यदि तपार्इंहरू यसबार वर्ता गर्न चाहनुहुन्छ भने त्यो राम्रो हो।’ इरानको इस्लामिक रेभोलुसनरी गार्ड (आईआरजीसी) ले दक्षिणी प्रान्त होर्मोजुमा अमेरिकी जासुसी ड्रोनलाई बिहीबार गोली हानी खसालेपछि आक्रमणको योजना बनाइएको ट्रम्पको दाबी छ । यद्यपि, विश्लेषकहरूले राष्ट्रपतिको उक्त अभिव्यक्ति इरानलाई त्रसाउने भएको हुन सक्ने जनाएका छन् ।

अमेरिकी तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ‘राष्ट्रपतिले इरानमा आक्रमण नगरेर राम्रो गरको’जनाइन् । उनले ‘राष्ट्रपति ट्रम्पले कुनै पनि सैनिक कदम चाल्नुअघि सदनको अनुमति लिनुपर्ने’ जनाइन् । तेहरानले ‘आफ्नो आकाशमा प्रवेश गरकाले ड्रोनलाई गोली हानी खसालेको ’जनाएको थियो । इरानी समाचार संस्थाका अनुसार ‘मोबाराक पहाडी इलाकाको हवाई क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरको ‘आरक्यू–४ ग्लोबल हक’ जासुसी ड्रोन खसालिएको हो।’ तर अमेरिकाले सैनिक ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमाथि रहेको दाबी गरको थियो । यसबार राष्ट्रसंघीय सुरक्षा परिषदमा सोमबार छलफल चलाउन अमेरिकाले आग्रह गरको छ ।

गतसाता ओमानको खाडीमा दुई तेल ट्यांकरमाथि इरानलेआक्रमण गरको अमेरिकी दाबीपछि दुई देशबीचको सम्बन्ध थप बिग्रेको हो । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ‘गोप्य सूचना तथा प्रयोग गरिएका हतियारका आधारमा’ इरानी इरानी विशेष फौजले आक्रमण गरको दाबी गरका थिए । त्यसविरुद्ध पोम्पियो र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन कडा कदम चाल्नुपर्ने पक्षमा उभिएका थिए । तर संसदा नेताहरू त्यसको विपक्षमा उभिएका अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य