2026-09-13 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल एयरपोर्टबाट फिल्मी तरिकाले भारतीय व्यापारीसँग २३ लाख लिएर फरार नेपाली युवती पक्राउ

असार ८, काठमाडौँ | भारतका निर्माण व्यवसायी श्रीपाल जैनबाट २३ लाख लिएर फरार भएकी महोत्तरी औरी नगरपालिका-३ निवासी २१ वर्षीया डायन सेकेन्ड प्रहरीको फन्दामा परेकी छन् ।  

भारतीय व्यापारीलाई तीन महिना अघि फेसबुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएर उनले ठग्ने तयारी गरेको प्रहरी अनुसन्धानबाट खुलाशा भएको छ । आफूलाई धनाढ्य परिवारकी एक्ली छोरी बताउने डायनले भारतीय व्यापारीलाई आफ्नो बुबा सिंगापुरको प्रख्यात ‘बिजनेस म्यान’ भएको बताएकी थिइन् । उनले आफ्नो बुबाको भारतका मन्त्रीदेखि उच्च तहका कूटनीतिज्ञसँग पनि सम्बन्ध भएको भन्दै भारतीय व्यापारीलाई आफ्नो हातमा लिएकि थिइन् । 

उनले आफू एक्लो छोरी भएकाले धनी बाउको सबै सम्पत्ति मिलाइदिने भन्दै जैनलाई ठगी गरेको खुलेको छ । डायनाले जैनलाई नेपाल बोलाएकी थिइन् । नेपाल आएका जैनलाई उनले यही असार ६ गते भारत फर्किने क्रममा त्रिभुवन विमानस्थलमा भन्सारमा आफ्नो नाममा महँगो मूल्यको सुन आएकाले भन्सार तिर्न ४० लाख रकम चाहिने ब‍ताएकी थिइन् । तर जैन भारत फर्किन लाग्दा २३ लाख रुपैयाँ लिन डायन सफल भइन् । बुबा हङकङमै भएकाले रकमको जोहो गर्न गाह्रो भएको भन्दै उनले भारतीय व्यापारीलाई फसाउन सफल भएकी थिइन् ।

भारतको प्रमुख व्यापारी बनाइदिने आश्वासन पाएका भारतीय व्यापारीले पैसा दिन केहि शंका गरेपनि फेसबुकमा अर्को आइडी (बुबाको) बाट पैसा दिन भनेपछि जैनले २३ लाख दिएका थिए । फेसबुकमा डाइनाको बुबाको रिक्वेस्ट आएपछि जैनले विश्वास गरेर पैसा दिएको बुझिएको छ । म्यासेजमा बुबाको आइडीबाट आएको सन्देसमा लेखिएको थियो ‘छोरीलाई पैसा दिनु इण्डियामै आएर फिर्ता गरिदिन्छु ।’  

पैसा लिएपछि डायना र जैन सँग-सँगै भारत फर्किने योजना थियो । तर रकमको लेनदेन भएपछि जैन र डायन दुवै जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । जहाँ पुगेपछि डायनले भीआईपी पास देखाउँदै आफू अर्को बाटोबाट आउने भन्दै गइन् । व्यापारी जैन भने साधारण प्रवेशद्धारबाट बिमानस्थल भीत्र छिरेका थिए ।

भारत जाने भनिएको विमान उड्नै लाग्दा समेत डायन विमानमा पुगीनन् । जतिखेरसम्म डायनले भारतीय व्यापारीलाई फसाएर बिमानस्थलबाट वाहिरिएर ट्याक्सी लिएर फर्कीसकेकि थिइन् । ति व्यापारीले आफ्नो फोन स्वीच गरेर विमान नचढी महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा आएर जाहेरी दिए । 

डायन चढेको ट्याक्सीको सहयोगमा लाखौँ रुपैयाँ ठगीमा संलग्न ति युवतीलाई प्रहरीले त्यहि दिन साँझ उनकै काठमाडौँ स्थिति डेराबाट पक्राउ गर्यो  । पक्राउ परेकी डायनाको कोठाबाट प्रहरीले २० लाख ८० हजार बरामद गरेको थियो । बाँकी पैसा उनले महोत्तरी पठाएकी थिइन् । उनको कोठाबाट प्रहरीले डायन सेकेन्ड नाम भएको राहदानी, भौचर ४ वटा, १० थान कार्ड बरामद गरेको छ । पक्राउ परेकी डायना सेकेन्डलाई ठगीसम्बन्धी कसुरमा मुद्दा चलाउन महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार डायन् काठमाडौँमा तीन वटा कोठा भाडामा लिएर भाइ र बहिनीसँगै बसेकी थिइन् । प्रहरीको अनुसार घटनामा उनको परिवारको संलग्नता नरहेको र बुबाको आईडी फेक भएको जनाएको छ । बयानका क्रममा डायनले बुबा डाइबेटिजको बिरामी भएकाले आफुलाई पैसा चाहिएकोको यस्तो काम गरेको बताएकी छन् । यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन