२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ट्र्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु

११ असार २०७६, बुधबार ०३:०७

असार ११, अछाम । चौरपाटी गाउँपालिका–३ शोकटस्थित मुली कोलगैरामा ट्र्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । से१त ७८३९ नंको ट्र्याक्टर आज बिहानै दुर्घटना हुँदा तीनको मृत्यु र चार घाइते भएका हुन् ।

मृत्यु हुने चौरपाटी गाउँपालिका–२ का स्थानीय दशपल्ले माविबाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, सोही माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिनुभयो ।

ट्र्याक्टर चालकले भने हामफालेर ज्यान जोगाएका छन् । अन्य चार घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

बुबाको हत्या गर्नेलाई एक लाख जरिवाना, १० वर्ष कैद

आफ्नै बुबाको हत्या गर्ने एक व्यक्तिलाई १० वर्ष कैद तथा रु एक लाख जरिवाना भएको छ । बुबालाई दाउराको चिर्पटले हानेर हत्या गर्ने चौरपाटी गाउँपालिका–५ लुङ्ग्राका प्रेम ढोलीलाई अछाम जिल्ला अदालतले उक्त फैसला गरेको हो ।

कर्तव्य ज्यान कसुर मुद्दामा मङ्गलबार जिल्ला अदालत अछामले ढोलीलाई उक्त फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रेमले गत जेठ २९ गते राति घरमा बुबा मीने ढोलीलाई चिर्पटले हानेर हत्या गरेका थिए ।

यस्तै जबरजस्ती करणी उद्योग कसुरमा पञ्चदेवल विनायक नगरपालिका–९ का दीपेश भुल पुर्पक्षका लागि कारागार चलान भएका छन् । अछाम प्रहरीले परिवर्तित नाम (ज्ञानी) लाई जबर्जस्ती करणी गरेको अभियोगमा गत जेठ २४ गते पक्राउ गरेको थियो । हिरासतमा रहेका उनलाई अछाम जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य