२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालीका हत्यारालाई डेढ सय वर्ष जेल: यही घटनाले साइप्रसका मन्त्रीले राजीनामा दिनुपर्यो

११ असार २०७६, बुधबार ०३:१०

असार ११, काठमाडौँ | साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको शृंखलाबद्ध रूपमा हत्या गर्ने सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

मेटाक्सासले अदालतमा ५ महिला र दुई बालिकाको हत्या गरको स्वीकार गरका छन् । उनले हत्या गरेका दुई बच्चा छदेखि आठ वर्षका थिए । अदालतले ७ जनाको हत्यामा कुल १५० वर्षको जेल सजाय हुने फैसला गरको छ । मेटाक्सासले एक नेपाली, एक रोमानिया, तीन फिलिपिनो गरी ५ जना विदेशी महिला र दुई बालिकाको हत्या गरका थिए । प्रहरीले ६८ दिन लामो अनुसन्धानपछि उनलाई अदालतमा पेस गरको थियो । उनले महिलालाई परिबन्धमा पारी यौन सम्बन्ध राखेर हत्या गरको बयान दिएका छन् । अदालतले आफ्नो आदेश सुनाउनुभन्दा अघि ३५ वर्षीय निकोस मेटाक्सासले हत्या र अपहरणसम्बन्धी १२ वटा अभियोग स्वीकार गरेका थिए ।

अदालतको फैसला आउनु एक साताअघि साइप्रस सरकारले पीडित परिवारको हकदारलाई १७ हजार युरोका दरले क्षतिपूर्ति दिने निर्णय गरको थियो ।

मेटाक्सासबाट मारिएकी काठमाडौंकी ३० वर्षीय अस्मिता खडका विष्ट गत वर्षको जुलाई ९ बाट हराएकी थिइन् । खडका १८ जुलाई २०१७ मा घरलु कामदारका रूपमा साइप्रस गएकी थिइन् ।

३५ वर्षीय मेटाक्सासले सन् २०१६ को सेप्टेम्बरदेखि २०१८ जुलाईसम्म हत्या गरका थिए । गत अप्रिल १४ मिस्टसिरो भन्ने स्थानमा एक महिलाको शव भेटिएपछि उनी पक्राउ परका हुन् । उनकै बयानका आधारमा अरू शव भेटिएका थिए । अस्मिताको शव साइप्रस स्थित अस्पतालमै छ । यो घटना सार्वजनिक भएपछि साइप्रसका प्रहरी प्रमुख पदमुक्त भएका थिए भने न्यायमन्त्रीले राजीनामा दिएका थिए ।

बिबिसीको एक समाचार अनुसार अदालतमा आँसु निकाल्दै घटना घटाउने सेनाका क्याप्टेन निकोस मेटाक्सासले पीडितका परिवारसँग माफी मागेका थिए। आफूले किन त्यस्तो 'घृणित अपराध' गरेँ भन्ने आफूलाई नै थाहा नभएको उनको भनाइ थियो। अदालतभित्र बुलेटप्रुफ भेस्ट लगाएर उपस्थित भएका उनलाई त्यहाँको न्यायप्रणालीले अहिलेसम्मकै सबैभन्दा कठोर सजाय सुनाएको हो ।

उनले हत्या गरेका महिलामध्ये तीन जना फिलिपिन्सका, एक जना नेपाली र एकजना रोमानियाका नागरिक हुन्। उनीहरूमध्ये अधिकांश साइप्रसमा घरायासी कामदारका रूपमा कार्यरत थिए। उनले हत्या गरेका बालिकाहरू दुई महिलाका सन्तान हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य